×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

४० लाख घोटाला गरेको भन्दै सिभिल बैंकका कर्मचारी सीआइबीको नियन्त्रणमा, थप अनुसन्धान हुँदै !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सिभिल बैंकका कर्मचारी पक्राउ परेका छन् । झण्डै ४० लाख रुपैयाँ घोटाला गरेको आरोपमा बैंकका एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो । सिभिल बैंकको बौद्ध शाखामा कार्यरत  कर्मचारीले महेश्वर डंगोलले रकम हिनामिना गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । सिभिल बैंकको बौद्ध शाखाका अप्रेसन इन्चार्ज महेश्वर डंगोलले सिभिल बैंकमै रहेको आफ्नो खातामा उक्त रकम सारेको भन्दै उनलाई पक्राउ गरिएको हो । 
सीआइबीमा परेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो । डंगोलले आफ्नो खाताबाट सनराइज बैंकमा रहेको आफ्नै खाता र केही आफन्तको खातामा रकम ट्रान्सफर गरेका थिए । वित्तीय हिसावले सिभिल बैंकलाई सबैभन्दा थर्ड क्लास बैंकको रुपमा लिने गरिएको छ ।

बैंकभित्र थुप्रै काण्डहरु पटक पटक गरी थुप्रै पटक घटीसकेका छन् । अरु त अरु, बैंकका सीइओ नै विभिन्न घोटालामा संलग्न भएको खबर पटक पटक बाहिर आउने गरेको छ ।

स्मरण रहोस केहि समय अघिमात्र यो बैंकले उत्कृष्ट रोजगारदाता ब्राण्ड अवार्ड र लिडरशीप एकसीलेन्सी अवार्ड पनि हात पारेको थियो । तर उक्त अवार्ड १ लाख रुपैयाँ दिएर बैंकले किनेको खुलासासमत भएको थियो ।

यो घोटाला प्रकरणसँगै सिभिलसँगको कारोबार जोखिमयुक्त भएको विश्लेषण जानकारहरुले गरेका छन् ।

यो पनि पढ्नुहोस् : 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: