×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

तेज एण्ड करण इन्टरप्राइजेजका मालिक ‘चेक बाउन्स’ प्रकरणमा प्रहरी नियन्त्रणमा, थप अनुसन्धान हुँदै !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- चर्चित सेकेन्ड ह्याण्ड कार विक्रेता कम्पनी तेज एण्ड करण इन्तर्प्राइजेजका मालिक तेज करण जैन पक्राउ परेका छन् । चेक बाउन्स प्रकरणमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी उनलाई ठगी मुद्धामा केस चलाउन लागिएको छ ।
महानगरीय प्रहरी वृत कालीमाटीले उनालाई पक्राउ गरी भोलि मुद्धा बुझाउने तयारी गरिरहेको छ । अन्य विवरण आउन बाँकी छ । स्रोतका अनुसार उनले दिएको चेक पटक पटक बाउन्स भएपछि उनलाई ठगी मुद्धामा कारवाही गरी पाउँ भनी प्रहरीमा उजुरी परेको थियो । उनीविरुद्ध उजुरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा उनले ठगी गरेको पाइएपछि उनलाई कारवाहीको प्रर्किया अगाडी बढाइएको हो ।

अचम्म लाग्दो कुरा त के छ भने, प्रायजसो सबै प्रहरीका उच्च तहका कर्मचारीले यहींबाट लगेर चलाउने गरेका थिए । प्रहरीसँगको यस्तै सेटिङका कारण उनी पटक पटक बच्दै आएका थिए । तर उनको ठगीले कानुनी रुप लिएपछि उनलाई पक्राउ गर्न प्रहरी बाध्य भएको हो ।

तेज एण्ड कारण इन्टरप्राइजेज बिगत लामो समयदेखि सेकेन्ड ह्याण्ड कारको विक्री वितरणको व्यापार गरिरहेको कम्पनी हो । तर उक्त कम्पनीलाई ठगीको आरोप लागेको यो पहिलो पटक भने होइन । पटक पटक गरी उक्त कम्पनीले ठगेको गुनासो आएको भएपनि उक्त कम्पनीमाथि कारवाही भएको थिएन । तर यसपाली भने कम्पनीविरुद्ध ठगीको मुद्धा परेसंगै कम्पनीका मालिकलाई प्रहरीले कारवाही गरेको हो ।            

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: