×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्राहकको रकम चोरी भएको पुष्टी भएपछि सिभिलबाट आफ्नो पैसा झिक्नेहरु बढे, तरलता संकटको बाटोमा बैंक !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सिभिल बैंकको बौद्ध साखामा रहेका ग्राहकहरुको खाताबाट ४० लाख रुपैयाँ चोरी भएको पुष्टी भएपछि सिभिल बैंकको बौद्ध लगायतका साखामा रकम झिक्नेहरु बढेका छन् । बैंकका कर्मचारी महेश्वर डंगोलले ग्राहकको युजरनेम र पासवर्ड चोरी गरी रकम झिकेको पुष्टी भएपछि उनलाई सीआइबीले पक्राउ गरिसकेको छ । उक्त खबर सार्वजनिक भएपछि सिभिल बैंकका अधिकांस साखाहरुमा रकम राख्नेहरुभन्दा रकम झिक्नेहरुको संख्या बढेको छ ।
सिभिल बैंकका विभिन्न साखाका कर्मचारीहरुले दिएको गोप्य जानकारी अनुसार बैंकमा रकम चोरीबारे बुझ्न आउनेहरुको संख्या दिनानुदिन बढेको छ । यहि बीचमा आफ्नो खाताको रकम जांच गर्ने र आफ्नो रकम चोरी भएको छ वा छैन भन्ने विषयमा बुझ्न स्टेटमेन्ट लिन आउनेहरुको संख्या ह्वात्तै बढेको छ ।

ग्राहकको त कुरै छोडौं, कर्मचारीले समेत जाँच गरे आफ्नो खाता 
यसैबीच घटना भएको बौद्ध साखा सुनसान प्राय छ । बैंकमा आउनेहरुपनि अधिकांस रकम झिक्न आउन थालेका छन् भने रकम राख्नेहरुमा घटनाबारे थाहा नभएकाहरु बढी छन् । ‘महेश्वर सरलाई प्रहरीले पक्राउ गरेको खबर अर्थ सरोकार डटकम र मेरो लगानी डटकममा आयो । त्यसपछि त जो पनि भएको के हो भनेर सोध्न मात्र आउन थाले । यसो त हामीलाई पनि यस विषयमा धेरै थाहा छैन ।’ बैंकको बौद्ध साखामा कार्यरत एक कर्मचारीले भने, ‘आफ्नो पैसाबारे ग्राहकलाइ चिन्ता हुनु स्वाभाविक हो । ग्राहकको त परैको कुरा यहाँका स्टाफ साथीहरुले समेत आफ्नो एकाउन्ट जाँच गरेका छन् ।’

के भन्छ सीआइबी ?
यता सीआइबी स्रोतले भने घटनाबारे छानविन भइरहेको र छिट्टै नै यसको प्रतिवेदनसहित सार्वजनिक हुने बताएको छ । बैंकका उच्च तहका कर्मचारी भने यस विषयमा बोल्न खोजीरहेका छैनन् । घटनापछि बैंकको बौद्ध साखामा पुगेका अर्थ सरोकार डटकमका सम्बाददातासंग कुराकानी गर्दै बैंकका एक उच्च तहका कर्मचारीले भने, ‘हामीलाई पनि यस विषयमा केहि पनि थाहा भएन ।’   स्मरण रहोस्, सिभिल बैंक वित्तीय हिसावले नेपालका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा ‘थर्ड-क्लास’ बैंकको रुपमा चिनिन्छ भने बैंकभित्र भएका थुप्रै घोटालाका कारण बैंक भित्रभित्रै धरासायी हुन पुगेको छ ।

तरलता संकटको बाटोमा बैंक 
यसै पनि बजारमा तरलताको संकट छ । त्यसमा पनि सिभिल बैंकका अधिकांस ग्राहकहरुले आफ्नो रकम झिक्न थालेपछि बैंकमा तरलताको स्थिति कमजोर हुँदै गएको छ । ‘सिभिलबाट रकम चोरी भएको पुष्टी भएको केहि दिन यता पैसा झिक्नेहरु ह्वात्तै बढेका छन् । यस्तै हो भने त ग्राहकले आफ्नो पैसा पनि  भनेजति रकम भनेको समयमा नपाउने स्थिति हुन सक्छ । बैंक यस विषयमा चिन्तित छ ।’ बैंकका एक कर्मचारीले अर्थ सरोकार डटकमसंग भने ।      

यो पनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: