×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एमाले-माकेको बैठक बस्दै, के कुरामा हुँदैछ छलफल ?

काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्रको कार्यदलको बस्दैछ । प्रदेश सरकार गठनका विषयमा छलफल गर्न एमाले–माओवादी केन्द्रको कार्यदलको बैठक बस्ने बताइएको छ ।
अाइतबार दिउँसो ३ बजे सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बस्ने बैठकले प्रदेशका मुख्यमन्त्री र सभामुखहरूको बारेमा छलफल गर्ने छ । सहमति भए अाजै मुख्यमन्त्रीको टुंगो लाग्ने छ ।
मुख्यमन्त्री पाउने दलले प्रदेशमा सभामुख पाउने यसअघि सहमति गरेका छन् । तर, सो विषयमा अन्तिम निर्णय भने भइसकेको छैन ।
स्रोतका अनुसार २ नं. प्रदेश बाहेकका अन्य प्रदेशमा मुख्यमन्त्रीका बारेमा छलफल हुनेछ । माओवादीले ६ र ७ नं. प्रदेशमा मुख्यमन्त्रीको माग गर्दै आएको छ तर एमाले कुनै एउटा प्रदेश मात्रै दिने बताउँदै अाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: