×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

घ्याम्पे डाँडामा ‘ट्याक्सीवाला’हरुको गैरकानुनी धन्दा, प्रहरी र टोले गुण्डाहरुको सेटीङ, प्रशासन रमिते ! (प्रमाणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – मिति २०७४ साल पुस २२ गते शनिबार । शनिबार घ्याम्पेडाँडामा पिकनिक मनाउनेहरुको रौनक कम्ती थिएन । बर्षौंपछी लागेको मेलाजस्तो सानो ठाउँमा ५० बढी टोलीहरु पिकनिकका लागि आएका थिए । सबैका आ-आफ्नै धुन, आ-आफ्नै शुर । पिकनिक भनेपछि मदिरा पिउनेहरुले पनि बाहाना पाईनैहाल्छन् । तर यहि घ्याम्पे डाँडामा यस्तै रौनकताका बीच ट्याक्सीवालाहरुको गैरकानुनी धन्दा चलिरहेको थियो । तर यसबारेमा न प्रशासन बोल्न तयार छ, न कोहि । स्थानीय टोले गुण्डाहरुको सेटीङमा ट्याक्सीवालाहरुले देशमा विद्यमान कानुन विपरित मदिराको व्यापार गरिरहेका छन् । 

टोले गुण्डाहरुको सेटीङमा ट्याक्सीवालाहरुको अवैध व्यापार !
शनिबार अर्थसरोकार कर्मी घ्याम्पे डाँडामा जाँदा पिकनिकको रमाइलो चलिरहेको थियो । झन्डै दिउँसो ३ बजेको थियो । एक ट्याक्सीवाला पिकनिक स्पटमै आइपुगे । ट्याक्सीबाट मदिराको झोला निकाले र बाहिर बेच्न राखे । पिकनिकमा मदिराले मातिएर रक्सीको मात नपुगेकाहरु महँगोमा रक्सी किन्दै थिए । त्यसपछि हामीपनि रक्सीको मूल्य सोध्न त्यहाँ पुग्यौं । मोल सुन्दा त अचम्म ! वाहिर पर्ने भन्दा झन्डै दोब्बरबढी शुल्क लिइदोरहेछ । 
‘किन यति महँगो ?’ हामीले प्रश्न गर्यौं ।
‘यहाँ महँगो नै हुन्छ दाइ । ट्याक्सीमा आउनु पर्यो । लैजानु पर्यो । यहाँका लोकल केटाहरुलाई कमिसन दिनुपर्यो।’
अनि पुलिस नि ?’ हामीले प्रतिप्रश्न गर्यौं ।
‘ह्या मु* पुलिसहरुलाई त मिलाईहालिन्छ नि !’
उनी यसरी कुरा गर्दै थिए कि मानौं प्रहरीले नै उनलाई यो काममा सहयोग गरेका छन् । पिकनिकको सिजनमा प्राय उनी यसरी नै मदिराको व्यापार गर्छन् । ट्याक्सीमा टन्न मदिरा ल्याउँछन्, महँगोमा बेच्छन् अनि टोले गुण्डाहरुलाई थोरै कमिसन दिएर बाँकी आफु राख्छन् । ‘कमाइ राम्रो हुन्छ ।’ हामीले मातिएको नाटक गरेपछि उनले झन् कुरा खोल्दै गए । ‘ट्याक्सीमा पेसेन्जरसँग बार्गेन गर, यता उता सबैतिर झन्झट ! यहाँ आनन्द छ ।’ उनले भने । ‘यो व्यापार त गैरकानुनी हो नि होइन र ?’ हाम्रो प्रश्नमा उनले अलि झोकिंदै भने, ‘देशमा केमाचाहिं कानुन चलेको छ र ? नेताहरुले यत्रो लुटिरहेका छन् । हामीले त रमाइलो गर्नेहरुलाई साथ न दिएका हौँ ।’

कानुनमा के छ ? के हेर्दैछ प्रशासन ?
विद्यमान कानुन अनुसार खुल्लमखुल्ला वा सार्वजनिक ठाउँमा मदिराजन्य वस्तु बेच्न पाइंदैन । अझ कानुनी प्रर्कियामै जाने हो भने मदिरा बेच्न छुट्टै इजाजत लिनुपर्छ । इजाजतपत्र देखिने ठाउँमा राख्नुपर्छ । अन्तशुल्कको इजाजतपनि लिनुपर्छ । मदिराजन्य वस्तु बेच्ने फर्म वा कम्पनीले अनिवार्य रुपमा आन्तरिक राजश्व कार्यालयबाट समेत इजाजत लिनुपर्छ । कानुनी प्रक्रिया पूरा नगरी मदिराजन्य बस्तु बेच्नेलाई कारवाहीको स्पष्ट व्यवस्था छ । 
तर खुलमखुल्ला पिकनिक स्पटका नाममा यस्तो गैरकानुनी धन्दा चलिरहँदा पनि कसैले वास्ता गरेको छैन । नजिकै पायालट बाबाको पवित्र मानिएको आश्रम छ । तर आश्रम नजिकै यसरी खुल्लमखुल्ला मदिराको गैरकानुनी व्यापार हुँदा पनि कोहि बोलिरहेका छैनन् । यसबारे थाहा पाउँदा पाउँदै पनि स्थानीय प्रशासन मौन बसेको छ । यसो त ट्याक्सीवालाहरुमात्रै होइन, अन्य स्थानीयले पनि यस्तो गैरकानुनी धन्दा गरिरहेका छन् । 
यो पनि पढ्नुहोस् 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: