×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मेनेजमेन्ट ट्रेनीमा सिए मागेको ग्लोबल आइएमइ बैंकले आइक्यानसँग माग्यो माफी, गल्ती नदोहोर्याउने प्रतिबद्दता !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- सिए पेसाको मानहानी हुनेगरी ‘मेनेजमेन्ट ट्रेनी’ मै चार्टड एकाउन्टेन्ट मागेको ग्लोबल आइएमइ बैंकले आफ्नो संस्थाबाट अन्जानमा गल्ती भएको  भन्दै सिएहरुको नियामक संस्था नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थासँग माफी मागेको खबर छ । उक्त भ्याकेन्सी आएपछि अर्थ सरोकार डटकम र सिए सरोकार डटकमले सिएको मानहानी हुने गरी ग्लोबल आइएमइ बैंकले सिए मागेको भन्दै समाचार प्रकाशित गरेका थिए । त्यसपछि आइक्यानका अध्यक्ष प्रकाश जंग थापाले बैंकमा कार्यरत एचआर प्रमुख भवानी ढकाललाई फोन गरी यस विषयमा स्पष्टीकरण मागेका थिए ।
जवाफमा भवानी ढकालले अन्जानमा आफ्नो गल्ती भएको र त्यसलाई सच्याउने र मेनेजमेन्ट ट्रेनीमा कुनै पनि सिए नराख्ने प्रतिबद्धता दिएको अध्यक्ष थापाले सिए सरोकारलाई बताए । ‘मैले पनि यस्तो भ्याकेन्सी आएको छ भन्ने कुरा सुनेपछि बैंकमा यसबारे बुझें । बैंकका एचआर प्रमुख भवानी ढकालले यसलाई सच्याउने र औपचारिक रुपमा आइक्यानमा यसबारे स्पष्टीकरण पठाउने बताउनुभएको छ । यस्ता काम गर्नेलाई आइक्यानले निरुत्साहित पक्कै गर्नेछ ।’ अध्यक्ष थापाले सिए सरोकारसँग भने ।     
अन्तराष्ट्रिय अभ्यास हेर्ने हो भने पनि नियामक निकायले विभिन्न बैंकहरुलाई स्पष्टीकरण सोध्ने गरेको पाइन्छ । केहि समयअघि भारतको एक बैंकले एकैपटक २५ जना सिए मागेको भन्दै भारतीय चार्टड एकाउन्टेन्ट्स संस्था (आइसीएआइ) ले उक्त बैंकलाई स्पष्टीकरण मागेको थियो ।
नेपालमा पनि आइक्यानले कुनै पनि पब्लिक लिमिटेड कम्पनीको सीएफओ पदमा सिए राखिनु पर्ने र एएमभन्दा तलको पदमा सिएलाई नराख्न पटक पटक लविङ गर्ने गरेको छ । तर कतिपय बैंकले अटेरी गर्दै र कतिपयले थाहा नपाउँदा जुन पाए त्यहि पदमासमेत सिए माग्न थालेका छन् । यद्यपी यसपाली आइक्यानले गरेको प्रयासले अरु बैंकहरु पनि सच्चिन्छन् भन्ने अपेक्षा गरिएको छ ।       
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: