×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘मलाइ थाहा नै नदिइ गोबिन्द केसीलाई पक्राउ गरिएछ, साँढे ९ बजे नै छुटाउँछु’ : प्रधानमन्त्री

काठमाडौं – डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको बारे आफुलाई केहि पनि थाहा नभएको प्रधानमन्त्रीले दावी गरेका छन् ।  देउवा आफैं गृहमन्त्री छन् ।  ‘प्रधानमन्त्रीज्यूलाई थाहै नदिई डा. केसीलाई पक्राऊ गरियो,’ प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले भने, ‘डा. केसीलाई त्यसरी अपराधीलाई जस्तै गरेर पक्राउ गरिएकोमा प्रधानमन्त्रीज्यू असन्तुष्ट हुनुहुन्छ । डा केसीलाई भोलि बिहान ९ बजे अदालतमा उपस्थित हुन सर्वोच्चले भनेको अवस्थामा राति नै पक्राऊ गर्न कुनै जरुरी थिएन, बिहान ९ बजे उहाँ आफैं अदालत जान सक्नुहुन्थ्यो ।’ 
डा. केसीलाई पक्राउ गर्नुअघि आइजीपी वा अरू कुनै पनि प्रहरी अधिकारीले आफूलाई जानकारीसम्म नदिएको देउवाको गुनासो छ ।प्रधानमन्त्री देउवाले यसबारे आइजीपी प्रकाश अर्याललाई पनि सोधखोज गरेको  र मंगलबार विहान ९ बजे नै छुटाउने बुझिएको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: