×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मेगा बैंकका ‘अयोग्य’ सञ्चालक सीएन पाण्डे नाट्टाको चुनावमा ६ मत अन्तरले बिजयी, यसकारण अफ्ट्यारो छ कार्यकाल !

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ- नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)को चुनावमा सीएन पाण्डे बिजयी भएका छन् । बिगत लामो समय नेपाली पर्यटन व्यवसायमा विताएका उनी शुक्रबार भएको निर्वाचनमा ६ मतले विजयी भएका छन् । निकै नै प्रतिष्पर्धात्मक निर्वाचनमा उनले निकटतम प्रतिद्वन्दी डेकेन्द्र शर्मालाई ६ मतले उछिनेका हुन् । मेगा बैंकमा ‘अयोग्य’ भएर पनि सञ्चालक पदमा बसेपछि नेपाल राष्ट्र बैंक, धीतोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेप्से लगायतका नियामक निकायमा उजुरी परेर बदनाम भएका सीएन पाण्डेले नाट्टाको चुनावमा भने बाजी मारेका छन् । आफु गैरराजनीतिक भएको दावी गरेपनि उनी बाम गठबन्धनका उम्मेदवारका रुपमा नाट्टाको अध्यक्षमा उठेका थिए ।
यस्तो छ परिणाम विवरण 
कूल ४२० मत खसेकामा सीएन पाण्डेले २१२ प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी डेकेन्द्र शर्माले २०६ मत प्राप्त गरेका छन् । कुल चार सय ६७ मतदाता रहेको नाट्टामा ४२० मतदाताले भोट हालेका थिए । यस्तै प्रथम उपाध्यक्षमा अच्युत शर्मा गुरागाईं, द्वितीय उपाध्यक्षमा संगीता जिरेल, महासचिवमा रमेश थापा, सचिवमा सविता भट्टराई, कोषाध्यक्ष रामप्रसाद श्रेष्ठ र सहकोषाध्यक्षा सुरेन्द्र भट्टराई निर्वाचित भएका छन् । यता सदस्यमा सुदर्शन नेपाल, देवकी गुरुङ, फुरी ग्याल्जेङ शेर्पा, अमृतकुमार ढकाल, रमेश पौडेल, राजु ढकाल, इनु थापा र गीता ढकाल निर्वाचित भएका छन् ।

गाह्रो जितपछि कार्यकाल अफ्ट्यारो हुने पक्का !
यसैपनि सीएन पाण्डेले पर्यटन क्षेत्रमा राम्रो काम गरेर भन्दा बामपन्थी भएका कारण यो चुनाव जितेको जानकारहरु बताउंछन् । बैंकिङ क्षेत्रमा आफ्नो कार्यकालभरी नै जस्तो बदनाम भएका सीएन पाण्डेलाई अवको नाट्टाको कार्यकाल पनि त्यति सहज नहुने पक्का छ । यसै पनि उनी काम गर्ने खालका व्यक्ति होइनन् भन्नेहरु प्रतिपक्षमा रहँदा उनी अफ्ट्यारोमा पर्नेछन् । स्वतन्त्र गुट र बाम गुटमा स्पष्ट रुपमा गुटबन्दी भएको नाट्टामा चुनावको बेलामा सीएन पाण्डेतिर गएका केहि कांग्रेस कार्यकर्ताले पनि उनलाई असहयोग गर्ने पक्का छ । ६ मतले मात्र जितेका कारण पनि आधाजसो सदस्यहरु उनको विरुद्धमा भएको तथ्यांकले पनि उनले खास केहि काम गर्न सक्छन् भन्नेमा शंका छ । यसै पनि उनी मेगामै रहँदापनि काम केहि नगर्ने तर पद मरिगए नछोड्ने व्यक्तिका रुपमा परिचित थिए । नाट्टामा पनि उनको त्यहि हविगत दोहोरिने विश्लेषण विपक्षीहरुले गरेका छन् ।
र यस्तो संयोग !
यता सीएन पाण्डेको जीतसंगै अचम्मको संयोग पनि परेको छ । पुष २८ गते नै उनको मेगाको सञ्चालकको कार्यकाल सकिएको छ भने २९ गते विहान उनी नाट्टामा निर्वाचित भएका छन् । यसो त उनलाई कार्यकाल सकिएको दिनसम्म पनि अयोग्य भएर पदमा बसेको भन्दै ‘नैतिकताहिन’ व्यक्तिको आरोप पनि बैंकरहरुले लगाईरहेका छन् । बैंक तथा वित्तीय संस्था ऐन अनुसार उनको पढाइ र अनुभव नपुगेपछि उनी अयोग्य भएका थिए । उनी जवर्जस्ती गर्दै आफ्नो अनुभव पुर्याउन बाफियाको नियम मिचेर सञ्चालक पदमा बसीरहेका छन् । नाट्टामा उनको जीतमा अर्को अचम्मको संयोग पनि परेको छ । चुनावकै समयमा सीएन पाण्डेले ६ जना भोटरहरुलाई विभिन्न प्रलोभन देखाएर मतदाता तानेको हल्ला फैलिएको थियो । चुनावमा पनि उनले ठिक ६ मतले नै जितेका छन् ।
समाचारले घटायो मत: मतदाता 
यता नाट्टाका कतिपय मतदाताहरुले भने अर्थ सरोकारको समाचारपछी सीएन पाण्डेको मत घटाएको प्रतिकृया दिएका छन् । ‘उनको डलर काण्डदेखि मेगामा अयोग्य भएको समाचारपछी स्वतन्त्र मत घटेको हो ।’ नाट्टाका एक सदस्यले भने, ‘उनका थप केहि समाचारहरु बाहिर आएको भए उनको सम्भावना अझ कम हुन्थ्यो । त्यसो नहुँदा उनले चुनावमा बाजी मारे ।’ सीएन पाण्डे विवादित साहस उर्जामा विवादित काम गरेको भन्दै झनै विवादित बनेका थिए भने केहि समय अगाडी प्रहरीले उनीसहितको समूहबाट अवैध डलर समातेपछि उनी डलरकाण्डमा समेत फसेका थिए । उनको डलर काण्डबारे अर्थ सरोकार डटकमले केहि समयपछि विशेष सामाग्री प्रस्तुत गर्दैछ ।      
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: