×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सञ्चारमन्त्रीसँग मिलेर टेलिकमको टेन्डरमा कामीनीले गरिन् घोटाला, राम्रा कम्पनी छोडेर चाइनिज छानियो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल टेलिकममा घोटाला हुनु, अनियमितता हुनु, प्रबन्ध निर्देशकको दादागिरी चल्नु नौलो कुरा होइन । तर जुन टेन्डरमा पनि घोटाला गर्ने र जहाँ पनि अनियमितता गर्ने प्रवृतिले नेपाल टेलिकमलाई ठुलो नोक्सान पर्दै गएको छ । टेलिकममा प्रबन्ध निर्देशक हुन नै करोडौं रुपियाँ बुझाएको आरोप लागेकी कामिनी प्रबन्ध निर्देशक भएपछि सबैजसो कुरामा विवादमा फस्दै आएकी छिन् । यसपाली पनि सञ्चारमन्त्री मोहन बहादुर बस्नेतसँग मिलेर उनले टेलिकममा ठुलै घोटाला गरेको खुलासा भएको छ । मोहन बहादुर बस्नेत सरकारबाट बाहिरिने बेला भएको भन्दै त्यहींबाट ‘प्रेसर’ दिएर  समयसम्म खुम्च्याउँदै हतारहतारमा कमिसनको लोभमा टेन्डर प्रक्रिया अगाडी बढाइएको स्रोतकोद दावी छ।

फोजी प्रविधि भित्र्याउने नाममा कामिनीले संचारमन्त्री मोहन बहादुर बस्नेतसँग मिलेर ठुलो रकम घुस लिएको भन्दै यस विषयमा छानविन गर्न भन्दै अख्तियारमा उजुरीपरेपछि भण्डारीको यस्तो कर्तुत सार्वजनिक भएको हो । यो प्रकरणमा नेपाल टेलिकमका अध्यक्षको समेत मिलेमतो भएको भन्दै सम्बन्धित यस विषयमा छानविन गर्नका लागि अख्तियारमा उजुरी गरिएको हो ।
भएको के हो ?
अख्तियारमा परेको उजुरी अनुसार नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय र सो अन्तर्गत रहेको नेपाल टेलिकम (नेपाल दूर संचार कम्पनी लि. केन्द्रीय कार्यालय द्वारा NDCL/CTO/ICB/01/074-75 for Supply, Delivery, Installation and Commissioning of Long Term Evolution (LTE)/4G Core Network / Supply, Delivery, Installation and Commissioning of 4G LTE (EUTRAN) Network I & Supply, Delivery, Installation and Commissioning of 4G LTE (EUTRAN) Network II (जसको अर्थ — जुन उपकरण मार्फत ख्यष्अभ (आवाज) तथा प्रत्यक्ष कुरा गर्न सकिने उच्च गतिको नयाँ प्रविधि भित्र्याउने उद्देश्यले प्राविधिक तथा योग्यता सम्बन्धी कागजात राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका उपकरण निर्माता कम्पनीहरुबाट प्राप्त गरी स्थलगत निरीक्षण पश्चात जडान योजनाको कार्य सञ्चालन गर्ने गरी नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको नेपाल दूरसंचार कम्पनी लि. का तर्फबाट १० जनवरी २०१८ सम्मको समय सिमा तोकि उक्त प्रविधि जडान गर्न सक्षम कम्पनीहरुको लागि अन्तर्राष्ट्रिय स्तरको टेण्डर (प्रस्ताव) नोभेम्बर ८, २०१७ मा आह्वान भएको थियो ।
उजुरीमा भनिएको छ ‘उल्लेखित समय सिमा भित्र उक्त कार्य गर्न अन्तराष्ट्रिय स्तरका कम्पनीहरु रहेका मुलुक युके, फ्रान्स, अमेरिका जस्ता मुलुकहरुमा क्रिसमस, न्यु इयरको विदा परेको कारणले गर्दा सो मुलुकका कार्यालयहरु ४÷५ जनवरी ई.सं.२०१८ बाट मात्र कार्यालय सञ्चालन हुने भएकोले उल्लेखित मुलुकहरुबाट बैंक ग्यारेन्टी, अन्य प्रविधि र योग्यता सम्बन्धी प्रमाण कागजातहरु उपलब्ध हुन÷गराउन नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रनालय, अन्तर्गतको नेपाल दूर संचार कम्पनी लि. को कार्यालयले तोकिएको टेण्डर आह्वानको अवधि भित्र उल्लेखित कार्यको टेण्डर (प्रस्ताव)को स–प्रमाण पेश गर्न नसकिने अवस्था स्पष्ट रुपमानै विद्यमान भएकोले निर्माता कम्पनीहरु क्रमशः (१) Nokia- France, (२) Airspan Network Inc- U.S.A (३) Mavenir system U.K. (४) SamSung Korea तथा भारतीय कम्पनी (५) Tech Mahindra- India (६) Datacom Hongkong का तर्फबाट समेत टेण्डरको समय सिमा ४ हप्ता अर्थात १ महिना थप गरी पाउँ भनी बारम्बार माग गर्दा उल्लेखित स्थितिमा पनि समय सिमा थप गर्न विपक्षीहरुबाट इन्कार गरेकाले सो माग भएको प्रस्ताव (टेण्डर) दिन विश्व प्रशिद्ध विदेशी उल्लेखित कम्पनीहरुलाई स्वस्थ्य प्रतिस्पर्धा हुन र गराउन इन्कार गरी संचार मन्त्रालय र दूर संचार कम्पनीले के गर्न खोजेको हो सो नबुझिएको र एउटा चाइनिज कम्पनीको मात्र प्रस्ताव (टेण्डर) मा सहभागिता हुने देखिएकोले स्वस्थ्य प्रतिस्पर्धाको अभावमा गलत उपकरण भित्र्याउन खोजिएको बुझिएकोले, स्वस्थ्य प्रतिस्पर्धाका आधारमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त उपकरण निर्माता कम्पनीहरुलाई सहभागी नगराई तीनलाई सहभागिता हुन चाहन्छौं, समय अवधि पाउँ भनी माग गर्दा, गर्दै सहभागी हुन चाहने कम्पनीहरुलाई उपेक्षा गरी अन्याय गर्न खोजिएको र स्वस्थ्य प्रतिस्पर्धा समेत हुन दिन नचाहेको बुझिएकोले तहाँ समक्ष यो निवेदन गर्न आएको छौं ।’
उजुरीमा थप भनिएको छ, ‘उल्लेखित तथ्यगत आधार प्रमाणको आधारमा उल्लेखित कम्पनीहरुलाई पनि सहभागी हुने र स्वस्थ्य प्रतिस्पधाको आधारमा उल्लेखित नेपाल सरकारको उद्देश्य अनुरुप कार्य पूरा गर्नका लागि ४ हप्ता अर्थात १ (एक) महिनाको अवधि थप गरी पुनः सो प्रविधि प्रस्ताव पेश गर्नका लागि विपक्षी सूचना तथा सञ्चार मन्त्रालय तथा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको नाउँमा स्वस्थ्य प्रतिस्पर्धाको अभावमा उल्लेखित प्रविधि भित्र्याउने तत्काल रोकी विपक्षीहरुसंग रहेको समय थपको अनुरोध गरेको पत्र माथि अध्ययन भै झिकाई छलफल गराई स्वस्थ्य प्रतिस्पर्धाको आधारमा उल्लेखित प्रविधिको प्रस्ताव पेश गर्ने अवसर प्राप्त हुनका लागि विपक्षीहरुलाई निर्देशनको लागि अनुरोध गर्दछौं ।’

हेरौं अख्तियारमा परेको उजुरी जस्ताको त्यस्तै :
यो पनि बढ्नुहोस् :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: