×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चुडामणि शर्मा मस्तीमा, गोबिन्द केसी हिरासतमा ! यस्तै छ सानाबा हाम्रो नेपालमा !

एसपी ‘सुमन’
प्रिय सानाबा !
ढोग गरें !
तपाईंले त भन्नुहुन्थ्यो यो देशमा सानालाई ऐन, ठुलालाई चैन छ । नेपालको कानुन, देवले जानुन् । आज डाक्टर गोबिन्द केसी पक्राउ परेको खबर सुनेपछि तपाईंका नाममा केहि शब्द कोर्न मन लाग्यो । 
हो सानाबा !
गरिवहरुका लागि बोल्ने, भ्रष्टाचारीका विरुद्ध अनशन बस्ने, सबैका प्यारा डाक्टर गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अनसन बसेका डा. गोविन्द केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएपछि प्रहरीले पक्राउ गरेको हो । तर मैले बुझिन सानाबा, यो राजनीति हो वा अरु केहि ? 
हुन त अदालतले भनेपछि मान्नुपर्ने प्रहरीको दायित्व पनि होला । सोमबार अपरान्ह प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अनसन बसेका डा. गोविन्द केसीलाई पक्राउ गरी मंगलबार विहान ९ बजे अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको थियो । तर मैले नबुझेको राजनीतिचाहिं भ्रष्टाचारको अभियोगमा जेल परेका चुडामणि शर्मा जेलबाट छुट्ने अनि गोबिन्द केसी हिरासतमा बस्नु पर्ने, यो कस्तो देश हो ? देशभित्रको यो कस्तो कानुन हो ? अनि कस्तो तरिका हो ?
होला सनाबा, मैले यो राजनीति बुझ्न नसकेर हो कि देशको कानुन नजानेर हो, मैले यो कुरा पचाउनै सकिन । अखबारमा लेखौं भने फेरी मानहानी भनेर मलाइ पनि जाकिदिने पो हो कि भन्ने पनि लाग्यो । आखिर गरिवहरु न जेल जानुपर्ने रहेछ यो देशमा । त्यसैले तपाईंलाई सम्झें सानाबा !
के गोबिन्द केसीलाई वाक स्वतन्त्रता छैन ? उनले के बोल्न पाउँदैनन् ? के उनले अनशन बस्नु पाप हो ? के जनताको सेवा गर्नु अपराध हो ? देशमा गुण्डाहरु सभाषद भए, फरारहरुले चुनाव जिते, सबैथोक हुन पाइने तर गोबिन्द केसीले बोल्न नपाइने ?
यो कस्तो कानुन हो सानाबा ? जहाँ गोबिन्द केसीहरु हिरासतमा बस्नुपर्ने अनि चुडामणि शर्माहरु छुटेर घरमा तातो सिरकमुनि बस्न पाउने ? देश कहिले बदलिने होला ? वा मैले नबुझेको राजनीति मैले कहिले बुझ्ने होला सानाबा ?
अरु त के भनौं, मन गोबिन्द केसीलाई सम्झेर रोहिरहेको छ ।
अलि फ्रेश भएपछि फेरी लेखौंला ल सानाबा ! 
अन्त्यमा औसधि खान नबिर्सनु है ! के गर्नु सानाबा देशमा गोबिन्द केसीहरु थुनिएका छन् र त तपाईंको नातीजस्ता हजारौंको डाक्टर बन्ने सपना पैसाकै कारण तुहिएको छ ।
उही तपाईंको छोरा  
     
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: