×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एमाले कम्युनिष्ट होइन, ‘कमाउनिष्ट’ पार्टी भयो, माफियाको संरक्षक बन्यो, कि कुनै शंका छ ?

  • प्रताप शर्मा 

जनताले धेरै आशा बामपन्थीसँग नै गर्छन् ।  किनकी जनताको आवाज बामपन्थीलेनै बोल्ने गर्दछन । जो सँग आशा हुन्छ, उसैसँग निराशापनि हुने गर्दछ । गुलियोको खोजीमा हजार कमिलाहरु निस्किने गर्दछन ।  र गुलियो प्राप्तीपछी त्यही गुलियोमा हजार कमिला डुबेर मर्ने गर्दछन । नेपाली जनताको बामपन्थीप्रतिको विश्वाश आज कमिलाको जस्तै काहानी बनेको छ । आवरणमा जनबाद भन्नेहरु भित्र नै नोकरशाही पूँजीवादी चरित्र जिबित छ ,जसको परीणाम नै निजी बिद्यालय र स्वास्थ्य शिक्षाको ब्यापार गर्ने माफियाहरु मोटाइरहेका छन । यिनै माफियाको सम्रक्षण गर्दै हिड्दा बामपन्थी गनाहीरहेका छन , जुन कुरा अब बुझ्नु जरुरी छ । 
हरेक कुरा भित्र एउटा सत्य लुक्ने गर्दछ , दुनियाँ जगजाहेर एउटा सत्य कुरा के छ भने , कांग्रेस बिग्रेपछी गनाउँछ ।  तर जब कम्युनिष्ट बिग्रन्छन तब उनीहरु गनाउने मात्र होइन हैजा र माहामारीनै बन्ने गर्दछन । सरबेक्षण गर्ने नै हो भने कम्युनिष्टको सदस्य बनेर शिक्षाको ब्यापार गर्ने र स्वास्थ्यको ब्यापार गर्ने कम्युनिष्टले अव सबैलाई जितीसकेका छन् । समानताको कुरा गर्ने, अधिकार प्राप्ती र सर्वहाराको कुरा गर्ने कम्युनिष्टले नै शिक्षा र स्वास्थ्यको माफिया एजेन्ट बन्ने कुरा सान्दर्भिक होइन र हुँदैन पनि । बामपन्थी भनिने सम्सद्बबादी पार्टी एमाले र माओवादी केन्द्र भित्र माफियाहरुको बर्चस्व जम्दै जानु भनेको नै ति पार्टीहरु सर्बहारा देखी बिमुख हुनु हो । 
डाक्टर गोविन्द के.सी जस्ता इमान्दार ब्यतित्वहरु बाट नै सुद्दीकरण अभियानको सुरुवात हुनु थियो र त्यो प्रारम्भ भईसकेको अवस्था छ । गोविन्द के.सी पक्राउ परीरहदा बामपन्थीहरु किन चुप बसे त ? आज डर प्रजातन्त्रवादी भनिनेहरुलाई भन्दा पनि बढी बामपन्थी भनिनेहरुलाई छ । बामपन्थीको ट्याग भिरेर लुट्न पल्कीएका माफियाहरु मौन बस्नु रोचक बिषय हो । 
बामपन्थी पार्टीका नेताहरुका  बाल बच्चालाई  निजी बिद्यालयले फ्रीमा पढाइदिएको छ अनि कसरी गर्न सकुन् खारेज ? निजी अस्पातल र स्वास्थ्य शिक्षाको ब्यापार गर्ने माफियाले दिएको चन्दामा जिबिका धान्ने बामपन्थी नेता बाट के आमुल परिवर्तन सम्भव छ ? बामपन्थी भनिनेहरु खामपन्थीमा रुपान्तरण हुँदै लुटपथमा अग्रसर भएको अहिलेको परीवेश हो । अब हामीले कम्युनिष्ट भनेर बुझ्यौं भने त्यो गलत साबित हुनेछ ।  आज नेपाली समाजमा कम्युनिष्ट भनेर चिनिएकाहरु कम्युनिष्ट नभएर कमाउनिष्ट हुँन जुन कुरा बुझ्नु ढिलो गर्नु हुँदैन ।
लेखकबाट यी सामाग्री छुटे कि ?

यी पनि प्रताप शर्माकै लेख हुन् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: