×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘नेताको गोजी भर्ने बामपन्थी योजनामा माफियाको सेटिङमै डाक्टर गोविन्द केसीको गिरफ्तारी’

  • प्रताप शर्मा 
बामपन्थी हुँ भन्नेहरु भित्र एउटा ठुलो माफियाको गिरोह छ, जसले जादै गरेको कांग्रेसी सरकारलाई अावरणमा देखाएर भित्री रुपमा बामपन्थीभित्रका माफियाको योजना मै डाक्टर के.सी को पक्राउ गरिएको हो । जाँदा जाँदै कांग्रेसले यति ठुलो कम्जोरी गर्न सक्दैनथियो, कांग्रेसलाई अबुझ र निकम्मा साबित गराउंदै बामपन्थीभित्र हुर्किएका माफियाले कांग्रेसी सरकारलाई मानब ढाल बनाइदिए । बामपन्थीको आवरणमा हुर्किएका माफिया निकै चलाख छन भन्ने कुरा अब कांग्रेसले आँखा खोलेर बुझ्नु पर्दछ । बाम सरकार बनी सकेपछी हुने डाक्टर केसीको अभियानलाई केही रोक्नका निम्ती र कांग्रेसलाई अलोकप्रिय साबित गर्दै जनताको मन मस्तिस्कमा कांग्रेस प्रती बित्रिस्ना र घ्रिणा जगाउन बामपन्थी माफियाले आफुलाई अब्बल प्रमाणित गरी सके ।
यो देशमा बलियो भनेका को रहेछन त ? निजी बिद्यालय चलाऊने माफियाहरु र निजी अस्पातल सहित कलेज चलाऊने माफियाहरु नै आजका शक्तिशाली राजनैतीक पार्टीका चन्दादाता हुन । माफियाहरुले सरकारको प्रयोग गर्दै पक्राउ गर्नु त्यती ठुलो बिषय पनि रहेन किनकी सरकार , गुण्डा सबै माफियाकै सेट्टिङमा चल्ने गर्दछन । डाक्टर गोविन्द के.सी ले गर्नु भएको न्यायपूर्ण आन्दोलन माथिको यो आक्रमणले देशको राजनीतिलाई अस्थिर र तरल गराउने गर्दछ । 
राजनीतिको प्रयोग बारे कहिले काही नेताहरु नै अनबिज्ञ हुने गर्दछन । अहिलेको नेपाली राजनीतिमा यस्तै भएको छ । कांग्रेसको सरकार नै डाक्टर गोविन्द के.सी को पक्राउ प्रती असन्तुस्ट भएको समाचारहरु पनि आए । यो पक्राउ  हरेक पार्टीका माफियाहरुको एकिक्रित प्र्यास हो । नेताहरुको गोजी भरिदिने माफियाले प्रहारको बाहाना खोजीरहेको र देशको यो संकटपूर्ण अवस्था नै प्रहारको उपयुक्त समय भएको ठम्माइ हो ।  
  
हेर्दा डाक्टर गोविन्द केसीको पक्राउ मात्र देखिए पनि राजनीतिको आवरणमा माफियागिरी गर्नेहरुको यो अन्तिम प्रयास हो । माफियाले राजनैतीक नेत्रित्व लाई किनेर यस्ता घटनाहरु घटाऊने गर्दछन । यो पक्राउ भित्र गम्भिर रहस्य छ जसको उधेस्य एउटा डाक्टर गोविन्द के.सी लाई मात्र साइजमा ल्याउन सके हजार गोविन्द केसीको जन्म रोक्न सकिनछ भन्ने नै हो । माफियाको बिरोध कोही कसैले गर्न नसकुन भन्नका निम्ती कानुनको आधारमा गलाउन खोज्ने माफियाको यो अन्तिम प्र्यास नै हो ।    
माफियाले कही कतैबाट केही गर्न नसकेपछी कानुनको व्याख्या गर्दै एउटा सत्य र कर्तव्यनिष्ठ मान्छेलाई फसाउन यस्तो टिक्डम रचेछन । एउटा डाक्टर गोविन्द के.सी लाई समाते हजार गोविन्द के.सी हरु जेल बाहिर सडकमा हुनेछन । गोविन्द के.सी माथिको पक्राउ पुर्जी पूर्ण प्रजातन्त्र माथिको हमला हो । अभिव्यक्ति स्वतन्त्रता माथि अन्कुश लगाउन मिल्दैन । कहिले पत्रकारिता जगतमाथि श्रोत माग्दै ज्यादाती गर्ने अनी कहिले न्याय पुरुषमाथि न्यायको अवहेलनामा जेल कोच्न खोज्ने अब त अति भो सरकार !
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: