×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सर्वोत्तम सिमेन्टले भ्याट छलेको पुष्टी, ‘अन्डर- इन्भोईसिङ’ गरेको प्रमाण फेला, होला त कारवाही ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सौरभ ग्रुपको उत्पादन सर्वोत्तम सिमेन्टले ठुलो परिणाममा मूल्य अविवृद्धि कर अर्थात भ्याट छल्ने गरेको खुलासा भएको छ । कम्पनीले ‘अन्डरइन्भोईसीङ’ गरी भ्याट छलेको पाइएपछी पस्चिमान्चल क्षेत्रीय राजश्व अनुसन्धान कार्यालय बुटवलले उद्योगलाई धरौटी जरिवाना गराएपछि उद्योगको यस्तो कर्तुत सार्वजनिक भएको हो । यसअघि पनि पटक पटक अन्डरइन्भोईसीङ गरी भ्याट छलेको आरोप लागेको कम्पनीलाई पटक पटक उजुरी गर्दा पनि कारवाही भएको थिएन । यद्यपी यसपटक भने राजश्व अनुसन्धान कार्यालयले उद्योगलाइ राजश्व छलेको आरोपमा एक लाख ८५ हजार रुपैयाँ धरौटी गरिवाना गरेको छ ।
महिनौंदेखि गलत काम, बल्ल पर्यो फन्दामा !
कम्पनीले महिनौंदेखि भ्याट छल्दै आएको थियो । पटक पटक यस विषयमा कुरा उठ्ने गरेको भएपनि कसैले पनि उक्त उद्योगलाइ छुन सक्ने अवस्था थिएन । तर केहि समयअघि उच्च स्रोतबाट नै उद्योगविरुद्ध सुराकी पुगेपछि उद्योग कारवाहीको भागीदार बनेको छ । सर्वोत्तम सिमेन्ट उद्योगबाट भ्याट बिल जारी गरी लुम्बिनी करिडोरमा रहेको एक सिमेन्ट उद्योगको नाममा छ वटा ट्रक पठाएको कच्चा पदार्थ क्लिन्करको परिमाण बिलमा उल्लेख गरिए भन्दा दोब्बर पाइएको थियो । बिलमा कम सामान देखाउने तर ट्रकमा बढी माल भएको पाइएपछी उद्योगलाइ कारवाहीका लागि जिल्ला ट्राफिक प्रहरी अकार्यालय रुपन्देहीले क्षेत्रीय राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाएको थियो । तर यसअघि भने ट्राफिक प्रहरीले पनि महिनौंदेखि उद्योगले गरेको मनपरीविरुद्ध केहि पनि बोलेको थिएन । 
यस्तो थियो घटना 
उद्योगले महिनौंदेखि गलत काम गरिरहेको थियो । तर कहीं कतैबाटपनि कम्पनीलाई कारवाही भएको थिएन । यद्यपी यसपाली उच्च स्रोतबाट नै सुराकी आएपछि ट्राफिक कार्यालय पनि जांच गर्न बाध्य भएको थियो । जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक दक्ष बस्नेतले अर्थ सरोकार डटकमसंग कुराकानी गर्दै भने, ‘ सर्वोत्तम सिमेन्ट उद्योगले ओभरलोड गरी माल पठाउने गरेको सुचना हामीले पाएपछि हामीले भैरवहा- परासो हुलाकी सडकमा चेकजाँच गर्यौं । हामीले चेक जांच गर्दा उद्योगबाट जारी गरिएको बिलमाभन्दा दोब्बर परिणामको माल ढुवानी गरिएको पाइयो । हामीले त समात्ने मात्र हो । यो विषयको कारवाही राजश्व अनुसन्धान विभागले गर्छ । त्यसैले हामीले भ्याट छलेको प्रमाणित भएपछि कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालयमा सिफारिस गरी पठाएका छौं ।’
यस्तो छ छलीको विवरण
प्रहरी निरीक्षक बस्नेतले दिएको जानकारी अनुसार लु २ ख १०९० नम्बरको ट्रकमा ढुवानी भएको क्लिन्करको परिमाण भ्याट बिलमा २० हजार ९९० किलो उल्लेख गरिएको थियो । तर उक्त माल तौल गराउँदा २६ हजार ५० किलो देखियो । यस्तै ना ५ ख ९५८२ नम्बरको ट्रकमा २० हजार ८७० किलो परिमाण बिलमा थियो । तर तौल गराउंदा ४४ हजार ८०० किलो भेटियो । छ वटै ट्रकको बिलमा उल्लेखित परिमाण एक लाख २२ हजार ८४० किलो थियो । तर पुन : तौल गराउँदा दुइ लाख तीन हजार १४० किलो पाइयो । ‘भ्याट बिलमा उल्लेख गरिएको कुल परिमाणको मूल्य १० लाख ८७ हजार १३४ रुपैयाँ रहेको र छलेको परिमाणको समेत मूल्य जोड्दा १७ लाख ९७ हजार ७८९ रुपैयाँ पुग्यो। ‘ निरीक्षक बस्नेतले भने ‘यसमा ९२ हजार ३८५ रुपैयाँ देखियो । त्यसपछि हामीले उद्योगलाइ कारवाहीका लागि राजश्व अनुसन्धानामा पठाएका छौं ।’ 

राजस्व अनुसन्धान कार्यालयले गरायो धरौटी जरिवाना, सेटिङमै उद्योगलाइ उन्मुक्ति दिने प्रयास !
यता उद्योगलाइ राजश्व अनुसन्धान कार्यालयले धरौटी जरिवाना गराएको छ । ‘ कम्पनी विरुद्ध मुद्धा परेको छ । मुद्धाको टुंगो नलाग्दासम्म एक लाख ८५ हजार रुपैयाँ धरौटी जरिवाना गरेर ६ वटा ट्रक छाडिएको छ ।’ क्षेत्रीय राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख नरेन्द्र पाण्डेले अर्थ सरोकारसंग भने, ‘ सबै ट्रकमा ढुवानी गरिएको मालको टुक्राएर बनाइएको दुइ दुइवटा भ्याट बिल कार्यालयमा पेश भएको छ । अहिले हामी अनुसन्धानको क्रम मै छौं । अनुसन्धानका क्रममा उद्योगको गल्ती प्रमाणित भए थप कारवाही गर्छौं ।’ यता विशेष स्रोतले दिएको जानकारी अनुसार भने यो प्रकरणमा सेटिङकै भरमा उद्योगलाइ छुट दिने प्रयास भइरहेको छ ।
(हामी निरन्तर यो विषयमा फलोअपमा छौं ।)
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: