८३% हकप्रदमा मूल्य समायोजनपछि श्री इन्भेष्टमेन्टको कतिमा खुल्यो सेयर कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको ८३% हकप्रदमा मूल्य समायोजन भएको छ । फाइनान्सको हकप्रद समायोजनपछि सेयर मूल्य २५६ रुपैयाँलाई रहेको छ । हकप्रद समायोजनपछि आइतबार पहिलो कारोबार २५६ रुपैयाँलाई आधार मानेर खुलेको हो ।  यसको औसत आधार मूल्य भने ३०१ रुपैयाँँ रहेको छ । यस फाइनान्सले माघ १५ गतेदेखि ८३% हकप्रद सेयर बिक्री खुला गर्दैछ । 

कम्पनीले १०ः८.३ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २८ लाख ६७ हजार २२५.६२ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यो हकप्रद फागुन २० गतेसम्म भर्न पाइनेछ । पुस २९ गतेसम्म कायम सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल काठमाडौं तथा श्री इन्भेष्टमेन्ट फाइनान्सको केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौंसहित यसका अन्य शाखाबाट पनि आवेदन दिन सकिनेछ । 

त्यसैगरी, आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न सकिनेछ । हाल यस फाइनान्सको चुक्ता पुँजी ३४ करोड ५४ लाख ४८ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि भने चुक्ता पुँजी ६३ करोड २१ लख ७१ हजार ४३२ रुपैयाँ हुनेछ । 
प्रकाशित : Sunday, January 14, 2018

recent

Popular Posts