×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गोबिन्द केसीलाई पक्रन लगाउने अदालत, पृथ्वी नारायण शाहालाई थुक्ने आङकाजीलाई किन पक्रंदैन ?

  • एसपी सुमन 
वर्तमान इतिहासकै धरातलमा जन्मिएको हो । आज नेपाल जे छ, त्यसमा पृथ्वी नारायण शाहको देन उल्लेखनीय छ । पुष २७ गते उनै पृथ्वी नारायण शाहको जन्मजयन्ती । अनि धेरैपछि सरकारले सार्वजनिक विदाको घोषणा गरेको दिन । अधिकांस नेपालीमा उल्लास थियो । तर यहिबीचमा एउटा भिडियो भाइरल भयो, ‘अादिवासी जनजाती अगुवाहरुले पृथ्वीनारायण शाहको तस्वीरमाथि सामुहिक रुपमा थुके।’ 
सुन्दा पनि जिउ नै सिरिङ्ग हुने यो घटनाको भिडियो हेर्दा त झन् नेपालीहरुको मन नै रोह्यो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सरकारले पुस २७ गते पृथ्वीनारायण शाहका जन्मदिनका दिन ‘राष्ट्रिय एकता दिवस’ मनाउने र सार्वजनिक बिदा दिने निर्णय गर्यो । तर आङकाजीहरु शहरमा अचम्मका ‘भूत’ भएर निस्किए ।
अनि खोइ त कानुन देशमा ? जनताका प्यारा गोबिन्द केसीलाई गोपाल पराजुलीलाई गाली गरेकै भरमा पक्रने हाम्रो अदालतले खोइ त सारा नेपालीहरुको आस्थामाथि थुक्ने आङकाजीलाई पक्रिएको ? कि कानुन गोबिन्द केसीलाई मात्र हो ? यदी पृथ्वी नारायण शाहको ठाउँमा गोपाल पराजुलीको तस्विरलाई थुकीएको भए कि अदालत चुप बस्थ्यो ? विधिमा चल्नुपर्ने हो कि अदालत कुनै व्यक्ति विशेषको रिसमा ? प्रश्न ठुलो छ । 
किन देशमा आङकाजीहरु पक्राउ पर्दैनन् र गोबिन्द केसीहरुले मात्र दुख पाउँछन् ? आखिर किन ? यदी कानुन छ देशमा भने हाम्रो आस्थामाथि प्रहार भएको छ र यस्तो काम गर्नेलाई प्रहरीले कानुनी कठघरामा उभ्याउनैपर्छ । भोलि ती आङकाजीहरुले शिवरात्रीका दिन शिवको मुर्ति थुके भने के हुन्छ ? बुद्ध जयन्तीका दिन बुद्धलाई थुके भने के हुन्छ ? राम नवमीका दिन रामलाई थुके भने के हुन्छ ? के उसलाई कानुन लाग्दैन ? राजनीतिका नाममा आस्थाको व्यापार गर्ने उनलाई पक्रिएर जनताको कठघरामा ल्याउन आवश्यक छ । नत्र के का लोकतन्त्र ? के को विधिको शासन ? अनि के को कानुन ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: