×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बाढी पीडितका लागि ४९९ टहरा निर्माण

मोरङ – मोरङ, झापा र सुनसरीमा बाढी पीडितका लागि भनेर ४९९ अस्थायी टहरा निर्माण गरिएको छ । 
उक्त टहरा साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र, विराटनगर र ह्यावीटेट फर ह्युमेनिटीज नेपालको संयुक्त साझेदारीमा भएको हो । झापाको क्याम्पमा १३९, मोरङको कटहरीमा ८९, विराटनगर वडा नं १९ मा १५०, इटहरीमा ७१ घरटहरा निर्माण गरिएको साहारा सहकारी संस्थाका प्रमुख घनश्याम अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार रु एक करोड ७५ लाखमा सो ४९९ टहरा निर्माण भएका हुन् । उहाँले मोरङका केही टहराको निर्माण कार्य पूरा हुन बाँकी रहेकाले निर्माण सम्पन्न भएपछि सम्बन्धीत महानगर र नगरपालिकामार्फत बाढीपीडितलाई चाँडै नै हस्तान्तरण गरिने बताउनुभयो । अधिकारीले भन्नुभयो, ‘संस्थाले टिनको छाना बाँसको बिम, बाँसको खाँबा र झिक्राको टाटीको प्रयोग गरेर अस्थायी टहरा निर्माण गरेको हो ।’
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: