×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बीचैमा पढाई छुटेका बिद्यार्थीहरुका लागि खुसीको खबर ! त्रिविले ल्यायो यस्तो सुबिधा

काठमाडौँ- के टियुमा पढ्दै गर्दा तपाईंक ओपढ़ाई छुटेको छ ? यदी छ भने तपाईंका लागि खुसीको खबर छ । त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयबाट अध्ययनको बीचैमा स्वदेश फर्कने तथा अध्ययन पूरा नगरी विदेश जाने विद्यार्थीका लागि ‘क्रेडिट ट्रान्सफर’ को व्यवस्था लागू गरेको छ । 
त्रिविले अध्ययन पूरा नगरी बीच सेमेस्टर वा खण्डतिर अन्यत्र अध्ययन गर्न चाहने विद्यार्थीका लागि नेपालभित्र र नेपाल बाहिरका विश्वविद्यालयसँग यो व्यवस्था लागू गराएको हो ।
टियुले दिएको जानकारी अनुसार यो व्यवस्था उच्चशिक्षाको कुनै पनि विषयमा कम्तीमा ५० प्रतिशत कोर्स पूरा भएका र विद्यार्थी आदानप्रदान हुने विश्वविद्यालयको सम्बन्धित कोर्सका विषय ८० प्रतिशतसम्म मिलेको अवस्थामा लागू हुनेछ ।
विश्वविद्यालयका प्रा डा विनित अर्यालको संयोजकत्वमा गठित तीन सदस्यीय प्राविधिक समितिको सुझाव प्रतिवेदनअनुसार सो व्यवस्था कार्यान्वयन शुरु भएको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: