×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अख्तियारमा दीप बस्न्यातको कार्यकाल सकियो, प्रमुखमा नवीनकुमार घिमिरे नियुक्त

काठमाडौँ  – उमेरहदका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातको आज बिदाइ हुँदैछ ।
फागुन २ गतेदेखि बस्न्यातको कार्यकाल सकिने भए पनि १ गते सार्वजनिक बिदा परेकाले बस्न्यातको सोमबार नै बिदाइ हुन लागेको बताइएको छ ।
बस्न्यात ०७१ फागुन १५ गते अख्तियारको आयुक्तमा सिफारिस भएका थिए। ०७४ पुसमा तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति सर्वोच्चले बदर गरेपछि बस्न्यातले कार्यबहाक प्रमुखको भूमिका निभाएका थिए ।
संवैधानिक समितको सिफारिस र संसदीय सुनुवाइको अनुमोदनपछि ०७४ जेठ ८ गतेदेखि बस्न्यातले प्रमुख आयुक्तको जिम्मेवारी सम्हालेका थिए । बस्न्यातको अवकाशपछि अख्तियारको कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी आयुक्त नवीनकुमार घिमिरेले पाउनेछन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: