×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वैद्यसँग बालकृष्णको प्रश्न-जनयुद्धका कमाण्डर प्रधानमन्त्री हुँदा जेल जानुपर्ने कस्तो न्याय हो ?

काठमाडौं – नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ ले जनयुद्धकालीन मुद्दामा जेलमा सजाय काटिरहेका माओवादी नेता बालकृष्ण ढुंगेललाई भेटेका छन् । मंगलबार डिल्लीबजारस्थित सदरखोर जेलमा पुगेका किरण र ढुंगेलबीच करिब डेढघण्टा लामो कुराकानी भयो ।
भेट्न जेल पुगेका नेता दिनेश शर्माका अनुसार बालकृष्णले ‘जनयुद्धका कमाण्डर प्रचण्ड प्रधानमन्त्री हुँदा आफू जेल पर्नु परेको भन्दै यो कस्तो न्याय हो ?’ भन्दै वैद्यसँग प्रश्न गरेका थिए । जनयुद्धकालीन राजनीतिक मुद्दालाई विशुद्ध व्यक्तिगत र प्राविधिक बनाएर मलाई षड्यन्त्रपूर्वक फसाइएको भन्दै बालकृष्णले जेलमुक्त गर्न पहल गरिदिन हुन आग्रह समेत गरेको शर्माले बताए ।
“ममाथिको आक्रमण जनयुद्ध लडेका सबै नेता कार्यकर्तामाथिको आक्रमण हो । मैले न्याय नपाउनु भनेको जनयुद्धले, जनयुद्धका सहिद, वेपत्ता योद्धाहरुले न्याय नपाउनु हो । जनयुद्धको एउटा पहलकर्ता र नेतृत्वमध्येको एक र अहिले पनि क्रान्तिकारी धारको नेतृत्व गरेर अगाडि बढिरहनु हैसियतले तपाई र तपाईको पार्टीले जनयुद्ध, सहिद, वेपत्ता योद्धाहरुलाई न्याय दिलाउने काम गर्नुपर्छ” वैद्यसँगको भेटमा बालकृष्णले भने ।
जवाफमा महासचिव वैद्यले जनयुद्धकालीन मुद्दा राजनीतिक भएकोले यसलाई राजनीतिक रुपमा नै हल गर्नुपर्ने बताए । जनयुद्धकै नेतृत्व गरेको व्यक्ति सरकारमा छँदा जनयुद्धको एउटा सिपाही जेल पर्नु विडम्बनापूर्ण भएको बताउँदै वैद्यले जेलमुक्त गर्न पार्टीको तर्फबाट दबाबमूलक भूमिका खेल्ने बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: