×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बेस्ट फाइनान्सको खुद नाफा ३ करोड ५९ रुपैयाँ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बेस्ट फाइनान्स कम्पनीले ३ करोड ५९ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यही अवधिमा बेस्टले ६८ लाख ६९ हजार रुपैयाँ घाटा व्यहोरेको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा सुधार गरेपछि कम्पनी नाफामा गएको हो । गत वर्ष ८९ लाख १७ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी रहेकोमा यो वर्ष १ करोड २१ लाख ८५ हजार रुपैयाँ पुगेको छ । यता, सञ्चालन नाफा पनि २ लाख १४ हजार रुपैयाँ छ । यो फाइनान्स गत वर्ष ८३ लाख ९ हजार रुपैयाँ सञ्चालन घाटामा थियो । बेस्टको स्थिति सुधार गर्न राइट क्याकले पनि मद्दत पुर्याएको छ । कम्पनीले यो अवधिमा ३ करोड ८९ लाख ६८ हजार रुपैयाँ राइट ब्याक गरेको छ । यता, संभावित जोखिमका लागि फाइनान्सले ४४ लाख ६८ हजार रुपैयाँ छुट्याएको छ ।
बेस्टले १७ करोड ३६ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी २० करोड ४९ लाख ८१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसको खराब कर्जा भने ७२.०७% छ । गत वर्षको तुलनामा खराब कर्जामा सुधार आएको हो । गत वर्ष खराब कर्जा १००.९३% थियो । फाइनान्सको चुक्ता पुँजी १३ करोड २२ लाख २८ हजार रुपैयाँबाट बढेर २८ करोड ६६ लाख ९९ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी ११६.८२% बढ्दा रिजर्भ कोष भने झन ऋणात्मक बन्दै गएको छ । गत वर्ष ३ करोड ७२ लाख ४२ हजार रुपैयाँमात्र ऋणात्मक रहेको रिजर्भ कोष यो वर्ष ८ करोड ४४ लाख ८१ हजार रुपैयाँले ऋणात्मक भएको छ । बेस्टको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ ७० रुपैयाँ ५३ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: