×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेन्ट्रल फाइनान्सको हकप्रद भर्ने अन्तिम म्याद फागुन १३, कहाँ जाने सेयर भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – फागुन १३ गतेसम्म मात्र सेन्ट्रल फाइनान्सको ५०% हकप्रद भर्न पाउने छ । आइतबार कार्यालय समयभित्र यो हकप्रदमा आवेदन दिन सकिनेछ । सेन्ट्रलले २ः१ अनुपातमा २६ लाख ३ हजार ३१४.०७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । पुुस ३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सेन्ट्रलको हकप्रदमा आवेदन दिन पाउेछन् ।
बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड, कमलादी काठमाडौं तथा यसका शाखा कार्यालयहरु लगनखेल, ललितपुर तथा पोखरा चिप्लेढुंगाबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सेन्ट्रल फाइनान्सको मुख्य कार्यालय कुपण्डोल ललितपुरसहित शाखा कार्यालयहरु र नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, इटहरी र धनगढी शाखाबाट पनि हकप्रद भर्न सकिनेछ । आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न पाउने व्यवस्था छ । हाल सेन्ट्रल फाइनान्सको चुक्ता पुँजी ५२ करोड ६ लाख ६३ हजार रुपैयाँ छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: