×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युरोपबाट नेपाल पैसा पठाउन सजिलो, सिटिजन्स बैंक र सुपरसोनिक्सबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र बेलायतको सुपरसोनिक्स लिमिटेडबीच रेमिट्यान्स सम्झौता भएको छ । यूरोपियन मुलुकबाट नेपालमा पैसा पठाउन सहज होस् भनेर बैंकले उक्त कम्पनीसँग सम्झौता गरेको जनाएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी तथा सुपरसोनिक्सका निर्देशक अल्मामो फात्तीले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि यूरोपियन मुलुकबाट सुपरसोनिक्स लिमिटेड मार्फत नेपाल पठाएको पैसा सहज रुपमा सिटिजन्स बैंकको नेपालभर रहेको ६७ वटा शाखाहरु र ४५ सयभन्दा बढी सहायक प्रतिनिधिहरुबाट सरल र सहज रुपमा भुक्तानी पाउन सकिन्छ ।
बैंकले यसअघि नै कुबेतको डलर एक्सचेन्ज लिमिटेड, बेलायतको क्यासको फाइनान्सियल सर्भिसेस, स्मल वल्र्ड फाइनान्सियल सर्भिसेज र अफ्ताब करेन्सी एक्सचेन्ज लिमिटेड लगायतसँग रेमिट्यान्ससँग सम्झौता गरिसकेको छ ।
बैंकले निकट भविष्यमा अन्य विभिन्न मुलुकमा रहेको विभिन्न मुलुकमा रहेको बिभिन्न विप्रेषण कम्पनीसँग सम्झौता गरि रेमिट्यान्सलाई बिस्तार गदै लैजाने योजना राखेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: