×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यस्तै छ हजुर हाम्रो नेपालमा, ‘धुर्मुस-सुन्तली’लाई लाग्यो ६० लाख ऋण

रौतहट – देशका विभिन्न ठाउँमा नमुना बस्ती निर्माण गर्दै समाज सेवा गर्दै आइरहेका र उक्त कामलाई तिब्रता दिइरहेका ‘धुर्मुस-सुन्तली’लाई यतिखेर ६० लाख ऋण लागेको छ ।

भर्खरै रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा नमुना बस्ती निर्माण गरेर फर्केका ‘धुर्मुस-सुन्तली’लाई यही बस्ती निर्माण गर्ने क्रममा ऋण लागेको खबर आएको छ ।
उता चन्द्रपुर–८ मा ‘धुर्मुस-सुन्तली’ले निर्माण गरेको एकिकृत नमुना सन्तपुर वस्ती पर्यटकीय गन्तब्यको रुपमा बिकास भएको छ । यो स्थानको परिचय यतिखेर देश भित्र र बाहिर ब्यापक बनेको छ । आन्तरिक र बाह्य पर्यटकहरु घुम्न आउने गरेका छन् ।
उक्त बस्ती निर्माण सँगै यहाँको ब्यापार ब्यवसाय बढ्ने र यसक्षेत्रमा बसोबास गर्ने मानिसहरुको जीबनस्तर समेत उकासिने संकेतहरु देखिन थालेका छन् । तर यहि बस्ती निर्माण गर्दा ‘धुर्मुस-सुन्तली’ले भने ६० लाख ऋणको भारी बोक्नु परेको छ ।
देशका विभिन्न ठाउँमा बसोबास गर्ने दलित, अल्पसंख्यक, र पीडामा परेकाहरुको मलमपट्टि लगाउने कार्यमा जुटेका ‘धुर्मुस-सुन्तली’ निर्माण कार्यमा सफल भए तर उनीहरुलाई स्वदेश र बिदेशमा बस्ने दाताहरुबाट आएको सहयोग रकम नै अपुग भएपछि ऋण लागेको हो ।
सन्तपुरमा ‘धुर्मुस सुन्तली फाउण्डेसन’ले १२ कटठा जमिनको क्षेत्रफलमा कम्पाउण्डवाल सहित एउटा विद्यालय भवन, एउटा सामुदायिक भबन, एउटा क्लव घर, एउटा बाल उद्यान र पार्किङ्ग सहितको एउटा फलामको अग्लो भ्यू टावर र ४७ वटा आबासिय पक्कि घर निर्माण गरेको थियो ।
बस्ती भित्र साढे तीन धुर जमिनमा शौचालय र बाथरुम सहितको पक्कि घर निर्माण भएको छ । प्रत्येक घर जाने बाटो, आगन, खानेपानीको धारा, बिजुली जडान रहेको छ । बस्ती निर्माणमा ऋण नै लागेपनि धुर्मुस र सुन्तलीको आत्मबल भने अझै उच्च रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: