×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रधानन्यायाधीशका तीन वटा जन्म मिति ! वास्तविकता यस्तो भेटियो

काठमाडौँ – प्रधानन्यायाधीश गोपाल पराजुलीका नागरिकतामा तीनवटा जन्म मिति फेला परेको छ ।
डा गोविन्द केसीले प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी माग गरेपछि यस्तो खुलासा भएको हो । २०२९ सालमा एसएलसी पास गर्दा विद्यापीठमा उनले आफ्नो जन्ममिति २०११ साल वैशाख १३ लेखेका छन् । तर पछि त्रिभूवन विश्वविद्यालयबाट लिएको रजिष्ट्रेशनमा उनको उमेर २०१० साल वैशाख १६ छ ।
यसरी शैक्षिक प्रमाणपत्रमा मात्र होइन, नागरिकतामा पनि प्रधानन्यायाधीश पराजुलीका फरक–फरक जन्म मिति र उमेर कायम छन् । २०३० सालमा उनले पहिलो नागरिकता लिएको देखिन्छ । २०३० साल साउन २१ गते लिएको उनको सो नागरिकतामा उनी २१ वर्ष पुगेको उल्लेख छ । जसअनुसार जन्म मिति कायम गर्दा उनको जन्ममिति २००९ साल साउन २१ गते हुन्छ ।
पहिला पहिला नागरिकतामा जन्म मितिको साटो उमेरमात्र लेख्ने चलन थियो । नागरिकतामा उमेरमात्र भएका न्यायाधीशलाई कहिले अवकाश दिने भन्ने विषय टुंगो लगाउन न्यायपरिषद्ले नागरिकता लिएको वर्षबाट उमेर घटाएर जन्म मिति कायम गर्ने गरेको थियो ।
२०३० सालमा नागरिकता लिँदा उनीसँग एसएलसीको शैक्षिक प्रमाणपत्र थियो, तर त्यसअनुसार उनको उमेर कायम भएको देखिँदैन् । २०६७ मंसिरमा उनले नागरिकताको प्रतिलिपी बनाएको देखिन्छ । सो प्रतिलिपीमा जन्म मिति खुलाइएको छ । त्यहाँ उनको जन्म मिति फेरि त्रिवि रजिष्ट्रेसनको जस्तै २०१० वैशाख १६ गते लेखिएको छ ।
न्यायाधीशको व्यक्तिगत विवरण राख्ने न्यायपरिषदको अभिलेखमा तीन वटा उमेर भेटिएपछि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले पराजुलीको पहिलो नागरिकताको जन्म मिति (२००९ साउन २१) कायम गरिदिएकी थिइन् ।
परिषद्को अध्यक्षको हैसियतले कार्कीले एक वर्षअघि पराजुलीको उमेर कायम गरेकी हुन् । उनले कायम गरिदिएको जन्म मिति मानेको भए पराजुलीले गत साउन २१ गते नै अवकास पाउने थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: