×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हिमालयन जनरलको खुद नाफामा २६.४२% र पुँजी १६६.६६% ले वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा हिमालयन जनरल इन्सुरेन्सले खुद नाफा २६.४२% ले वृद्धि गरेर ५ करोड १० लाख ११ हजार रुपैयाँमा कमाउन सफल भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ४ करोड ३ लाख ५२ हजार रुपैयाँ कमाएको थियो । कम्पनीको खुद बिमा शुल्क आर्जन पनि १५.१९% ले बढेर १७ करोड ५० लाख ५६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यो इन्सुरेन्सको खुद बिमा शुल्क आर्जन १५ करोड १९ लाख ७० हजार रुपैयाँ मात्र थियो । कम्पनीको पुनर्बिमा कमिसनमा भने गिरावट भएको छ । गत वर्षको यही अवधिमा ५ करोड १० लाख ९३ हजार रुपैयाँ रहेको पुनर्बिमा कमिसन आय यो वर्ष ४ करोड २८ लाख ५० हजार रुपैयाँमा सीमित भएको छ ।
यता, हिमालयनले दोस्रो त्रैमाससम्म कुल १४ करोड ७६ लाख २३ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कुल दाबी भुक्तानी हुन बाँकी रकम भने ४ अर्ब २९ करोड ९१ लख ८२ हजार रुपैयाँ छ । हिमालयनको चुक्ता पुँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँ छ । बिमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउन यो इन्सुरेन्सले गत वर्षको तुलनामा १६६.६६% ले पुँजी वृद्धि गरेको हो । रिजर्भ कोषमा पनि ५६% ले सुधार गरी ११ करोड ६८ लाख २३ हजार रुपैयाँ जम्मा गरेको छ । यता, बिमा कोषको आकार पनि २५.१९% ले फराकिलो बनाएको छ । अहिले इन्सुरेन्सको बिमा कोषमा ३५ करोड ६५ लाख ९ हजार रुपैयाँ छ । हिमालयनको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ८ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: