×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माओवादी केन्द्रका नेताहरुबीच किन भयो बोलचाल बन्द ? यी हुन् कारण

काठमाडौँ – माओबादी केन्द्र भित्र सरकार र पार्टी एकताको विषयलाई लिएर  विवाद सुरु भएको छ । सरकार गठन र पार्टी एकता पेचिलो बन्दै गएपछि उक्त विवाद सुरु भएको हो ।
सम्भावित पार्टी एकतापछिको जिम्मेवारी र सरकारमा सहभागिताको विषय अहिले मुख्य भएका छन् । नेताहरु रामबहादुर थापा ‘बादल’, कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, वर्षमान पुन, प्रभाकर, शक्तिबहादुर बस्नेतबीच आफूले सरकारको नेतृत्व गर्न पाउनु पर्ने दाबी गर्दै विवाद सुरु भएको हो ।
सरकारमा बादलबाहेक सबै नेताहरु पटक पटक मन्त्री भइसकेका छन् । त्यसैले राष्ट्रिय सभाबाट जितेका नेता बादलले पनि सरकारको नेतृत्व गर्ने चाहना प्रस्तुत गरेका छन् । अन्य नेताहरुले भने राष्ट्रिय सभा अध्यक्षको रुपमा कुरा गरिरहेका छन् ।
महराले पटक पटक सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरिसकेको भन्दै पुन, रायमाझी, प्रभाकर र बस्नेतले नेतृत्वको दाबी गर्दै आएका छन् । तर, महराले फेरि पनि आफूले नै पार्टीबाट सरकारको नेतृत्व गर्न पाउनु पर्ने दाबी गर्दै आएका छन् । सबै नेताहरुले बादललाई राष्ट्रिय सभा अध्यक्षतिर पठाउन पहल गरेका छन् ।
नेताहरुले केही दिनयता छलफललाई तीब्र पारेका छन् । आ–आफ्नो समूहमा छलफल गरेर सिधै अध्यक्ष प्रचण्डसँग गइरहेका छन् भने आपसमा बोलचाल औपचारिकता मात्रै भएको स्रोतको दाबी छ ।
एमालेसँग सम्मानजनक नभए एकता गर्न नहुने पक्षमा रहेका बादललाई सबैले एक्लो बनाएका छन् । बादललाई अर्का नेता नारायणकाजी श्रेष्ठको साथ छ । तर, प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका कारण खास भूमिका नहुने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: