×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्राविधिक शिक्षाका लागि एमालेका सांसद पन्थीले क्याम्पसलाई गरे १५ लाख सहयोग

कपिलवस्तु – प्रदेश नं ५ कपिलवस्तुका सांसद विष्णु पन्थीले एक क्याम्पसलाई शनिबार रु १५ लाखभन्दा बढी सहयोग गरेका छन् ।
वाणगंगा–४ बुंची सिद्धार्थ क्याम्पसमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले जारी महायज्ञको दोस्रो दिन सांसद पन्थीले रु १५ लाख १५ हजार सहयोग गरेका हुन । सांसद पन्थीले क्याम्पसको स्तरोन्नतिका साथै आजको युगमा प्राविधिक शिक्षाको अनिवार्य आवश्यता भएको हुँदा प्राविधिक शिक्षाका लागि आफूले सहयोग गरेको बताए ।
कपिलवस्तु क्षेत्र नं १ (क) बाट भारी मतले प्रदेश सांसदमा विजयी भएका पन्थी नेकपा एमालेका प्रभावशाली नेताको रुपमा चिनिन्छन् । प्राविधिक शिक्षा अध्ययनका लागि अन्यत्र जानुपर्ने बाध्यतालाई घटाउदै पशु र बाली विज्ञान विषयको अध्यापनका लागि आर्थिक स्रोत जुटाउन महायज्ञको आयोजना गरिएको महायज्ञ मूल आयोजक समिति अध्यक्ष रविबहादुर काफलेले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: