×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनसीसी बैंकको संस्थापक सेयर लिलामी भर्ने थपियो म्याद, कहिलेसम्म पाउन्छ भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल इन्सुरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको एनसीसी बैंकको ४ लाख ३३ हजार ४२ कित्ता संस्थापक सेयर लिलामी भर्ने म्याद थप गरेको छ । इन्सुरेन्सले माघ २१ गतेदेखि लिलामीमा ल्याएको यो सेयर अब फागुन ८ गतेसम्म भर्न सकिनेछ । कम्पनीले यो संस्थापक सेयरको न्यूनतम मूल्य १७० रुपैयाँ तोकेको छ । आवेदकले यही १७० रुपैयाँलाई आधार मानेर बोलकबोलका माध्यमबाट आवेदन दिनुपर्नेछ । सेयर किन्न इच्छुक व्यक्ति र कम्पनी दुवैले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले फागुन ८ गतेभित्र बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स, लाजिम्पाट काठमाडौं पुग्ने गरी बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइनेछ । अब लिलामीको बोलपत्र पनि फागुन ९ गते मात्र खोलिनेछ । बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स, लाजिम्पाट काठमाडौंमा अपरान्ह ४ बजे खोलिनेछ । चुक्ता पुँजी बढाउने अभियानमा रहेको एनसीसी बैंकले ५०% हकप्रद निस्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: