×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेको इन्सुरेन्सले गर्यो प्रगति, खुद नाफा ५८.९४% ले वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेको इन्सुरेन्सको खुद नाफा ५८.९४% ले वृद्धि गरेर ११ करोड ६५ लाख रुपैयाँमा खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा ७ करोड ३३ लाख रुपैयाँ  खुद नाफा कमाएको थियो । खुद बिमा शुल्क आर्जन पनि २४.३३% ले बढेर ४७ करोड ९८ लाख रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा खुद बिमा शुल्क ३८ करोड ५९ लाख रुपैयाँ थियो । यो अवधिमा कम्पनीले १८ करोड ७१ लाख रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ ।
दोस्रो त्रैमासमा ७८ करोड ४१ लाख रुपैयाँ चुक्ता पुँजी भएको इन्सुरेन्सको गत आवको सोही अवधिमा ३२ करोड ४० लाख रुपैयाँ मात्र रहेको थियो । यस्तै, जगेडा कोषमा २५ करोड ९३ लाख रुपैयाँ रहेको छ भने बिमा कोषमा ३४ करोड २६ लाख रुपैयाँ रहेको छ । नेकोको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ ८६ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: