×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल लाइफले लोभलाग्दो लाभांश दिदै, ४२% बोनसका साथ २८.५३% नगद

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल लाइफ इन्सुरेन्सले ७०.५३%  लाभांश दिने भएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकमा कम्पनीले गत वर्षको कमाइबाट ४२% बोनस सेयर र २८.५३% नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले १ अर्ब ३० करोड ५ लाख रुपैयाँ बोनसका लागि र ८८ करोड ३२ लाख ९७ हजार रुपैयाँ नगद लाभांशका लागि खर्च गर्ने भएको छ । 
कम्पनीको यो प्रस्तावलाई भने आगामी साधारण सभाले पारित गर्नुपर्नेछ । अनिमात्र कम्पनीका सेयरधनीले यो लाभांश पाउन सक्नेछन् । हाल नेपाल लाइफको चुक्ता पुँजी ३ अर्ब ९ करोड ६४ लाख २८ हजार ६२५ रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जगेडा कोषमा ५ अर्ब २ करोड ९४ लाख २६ हजार ६६ रुपैयाँ आकर्षक रकम छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: