×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सपोर्ट माइक्रोफाइनान्सको सेयर नेप्सेमा सूचीकृत

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – माघ २५ गते नेप्सेमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको ६ लाख कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले हाल कायम ६ करोड रुपैयाँ चुक्ता पुँजीको ६ लाख कित्ता सेयर सूचीकृत गरेको हो । अब एक सातापछि दोस्रो बजारमार्फत सेयर कारोबार सुरु हुनेछ । 
सपोर्टले गत असोज १८ देखि २३ गतेसम्म १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपीओ बिक्री गरेको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा यस कम्पनीको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । यो त्रैमासमा सपोर्टले ६ लाख ७१ रुपैयाँ मात्र खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ २४ पैसा (वार्षिकीकरण) र प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ७९ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: