×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

७०% हकप्रदमा मूल्य समायोजन हुँदा सूर्योदयको कतिमा खुल्यो सेयर कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सूर्योदय लघुवित्त वित्तीय संस्थाको ७०% हकप्रदमा मूल्य समायोजन भएको छ । हकप्रद समायोजनपछि सेयर मूल्य प्रतिकित्ता ९११ रुपैयाँ कायम भएको छ । आज यसै मूल्यलाई आधार मानेर सेयर कारोबार खुलेको हो । यसको औसत आधार मूल्य भने ७५७ रुपैयाँ छ । 
सूर्योदयमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । सूर्योदयले यसअघि १९% बोनस सेयर वितरण गरिसकेको छ । कम्पनीले बोनसपछि कायम भएको चुक्ता पुँजीबाट २ करोड ८० लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न लागेको हो । हाल सूर्योदयको चुक्ता पुँजी ४ करोड ७६ लाख रुपैयाँ छ । ७०% हकप्रद बिक्रीपछि भने चुक्ता पुँजी ७ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: