×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

टाटा मोटर्सले नेपालमा नयाँ रेन्जका साना तथा मझौला व्यवसायिक गाडीहरुको बिक्री शुभारम्भ

इटहरी – नेपालमा व्यवसायिक गाडीहरुको अग्रणी ब्राण्डको रुपमा रहेको टाटा मोटर्सले सात नयाँ रेन्जका सानातथामझौला गाडीहरु (एलपिटि ८१०, एलपिटि १०१०, एलपिटि ९१२, एलपिके ९१२, एलपिटि ११०९, एलपिके १२१२ र एलपिटि १४१२) को व्यवसायिक बिक्री शुरु गरेको घोषणा गरेको छ । यी सबै मोडेलका गाडीहरु विशिष्ट कमन रेल डिजेल ईन्जेक्सन (सिडिआरआई) ईन्जिन टेक्नोलोजी, तेल किफायती, उच्च डिजाईन र थप विश्वसनीय विशेषताहरुको साथमा, कम खर्चमा स्वामित्वको प्रतिबद्धता तथा उच्च अपटाईम र चलाउनमा बढी आराम छन् । रु १७,५०,०००÷–बाट शुरुवाती मूल्य भएका यी मोडेलका गाडीहरु लाईट ट्रक देखि ११ टन बोक्ने क्षमताभएका छन् भने विस्तारै देश भरि नयाँ ३ क्यूमि देखि ६.५ क्यूमि क्षमता भएका ट्रिपरहरुको बिक्री शुरुवात गर्ने योजना छ ।
कार्यक्रममा बोल्दै टाटा मोटर्स लि.का कमर्सियल गाडी तथा अन्तर्राष्ट्रिय व्यापारका प्रमुख श्री रुद्ररुप मैत्रले भन्नुभयो, “नेपालमा कमर्सियल गाडीहरुको नं. १ ब्राण्ड भएको हैसियतले ग्राहकहरुलाई सधैं विश्वस्तरीय प्रोडक्ट तथा सेवाहरु दिने हाम्रो प्रयास जारी रहने छ ।हाम्रा मझौला तथा साना ट्रकहरु बेजोड क्षमता, आरामदायी र सुरक्षित छन् भने विविध कामहरुमा उपयोग हुने किसिममा विभिन्न लोडहरु धान्ने किसिमका बडी लेन्थभएका ट्रिपरहरु छन् ।नेपालको बाटो सुहाउँदायी ट्रकहरु त्यहीकिसिमले डिजाईन गरिएका र परीक्षण गरिएका छन् भने ग्राहकहरुले सोचेको भन्दापनि बढी पावर, क्षमता र आम्दानीमूलक छन् ।”
बिक्रीशुभारम्भमाबोल्दै सिप्रदी ट्रेडिङ्ग प्रा. लि.काप्रमुखकार्यकारी अधिकृत श्री राजनबाबु श्रेष्ठले भन्नुभयो, “टाटा मोटर्स सँगको हाम्रो आबद्धता अगष्ट १९८२ देखि नै हो ।त्यही बेला देखि नै टाटा मोटर्सले नेपालीबजारमाआफ्नो स्थानविस्तारै अगाडि बढाईरहेको छ र हामीसिप्रदीले यीप्रोडक्टहरुलाई उच्च गुणस्तर तथाबिक्रीपश्चात्को सेवाहरु उपलब्ध गराई ग्राहकहरुको लगानीको प्रतिफल सुनिश्चितहुने गरी बिक्रीवितरण गर्दै आईरहेका छौं ।यीनयाँसिआर रेन्जकामझौलातथा सानाकमर्सियल ट्रकहरुको आशालाग्दाविशेषताहरुले गर्दा टाटा मोटर्स प्रतिहाम्रो थपविश्वास जागेको छ ।विविधप्रयोग, बलियोपन, तेल किफायती र लगानीको उच्चतमप्रतिफलले गर्दा नेपालीग्राहकहरु माझयी गाडीहरुको विश्वसनियता छ ।”
नयाँ सिआर रेन्जका ट्रकका फाईदाहरु :
पावर : नयाँअभिवृद्धित गियर बक्सका साथ एलपिटि ८१०, १०१० र ११०९ का ट्रकहरु गियर बक्स सिस्टम (जिबिएस) ५५० कासाथ जडित छन् भने एलपिटि १४१२ माजिबिएस ४० जडित छ ।जिबिएस ५५० मा ६ वटा फरवार्ड र एउटा रिभर्स गियर अप्सन छ र साथै ओभरड्राईभ विशेषताले गर्दा लामो यात्रामा तेल किफायतीहुने तथाआरामदायीगियर सिफ्टीङ्ग प्रविधिको साथै तातोपन फैलावटको लागिआल्मुनियमको हाउजिङ्ग जडान गरिएको छ ।त्यस्तै जिबिएस ४० मा प्रमाणित भैसकेको ५ फरवार्ड र एउटा रिभर्स गियर सुविधा सहित बेजोड वारेन्टी ३ लाखकि.मी. सम्मवा ३ वर्षसम्मपाईन्छ ।यीमोडेलहरु ४९७ टिसिआईसि सिआर ईन्जिनमाआउने भएकोले १२५ हर्सपावर र ४०० एनएम टर्क विशेषताले राम्रो तान्न सक्ने क्षमताभएका छन् ।एनभिएच लेभलकमगर्न सिआर ईन्जिनमाभिस्कस फ्यानप्रविधि जडित छ ।
परफरमेन्स : यी नयाँ रेन्जका गाडीहरुमा बेजोड आराम तथा क्षमता हुनुको साथै सस्पेन्डेड सिटहरु र ताजाभित्री सजावटहरुका साथै नयाँतथा सहज टिल्ट गर्न मिल्ने टेलिस्कोपीक स्टिरिङ्गले गर्दा यो रेन्जका गाडीहरुमा सर्वश्रेष्ठ रुपमा गाडीहरुलाई हिमाल, पहाड, तराई जतापनिचलाउन र मोड्न सजिलो छन् ।बलियो च्यासिस, क्लचप्लेट साथै कडा हेभी ड्युटी लिफ स्प्रिङ्गले गर्दा बर्षौं सम्म बेजोड रुपमा चल्छ ।
आम्दानी : बेजोड वारेन्टी, प्रतिस्पर्धात्मक मूल्य, हाई टर्क र धेरै माईलेज दिने भएकाले यी रेन्जका गाडीहरुले उच्च प्रतिफल दिन्छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: