×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विजय लघुवित्तको खुद नाफा १९.४८% ले गिरावट, कति छ प्रति सेयर आम्दानी ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं –  चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा विजय लघुवित्त वित्तीय संस्थाले १ करोड २३ लाख ९६ हजार रुपैयाँ खुद नाफाको रिपोर्ट सार्वजनिक भएको छ । यो नाफा गत वर्षको तुलनामा १९.४८% घटेको हो । गत वर्ष यस लघुवित्तले करोड ५३ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यता, खुद ब्याज आम्दानीमा भने २५.१५% ले वृद्धि गरेर ४ करोड ६६ लाख ७ हजार रुपैयाँ पुर्याउन कम्पनी सफल भएको छ । गत वर्ष विजय लघुवित्तले ३ करोड ७२ लाख ४४० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 
सञ्चालन नाफा पनि १ करोड ८३ लाखबाट घटेर १ करोड ३५ लाख ८२ हजार रुपैयाँमा खुम्चिएको छ । निक्षेप ९ करोड ६० लाख रुपैयाँबाट बढाएर २१ करोड ९९ लाख ३ हजार रुपैयाँ पुर्याएको यस लघुवित्तले १ अर्ब ५ करोड ८० लाख ५० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । चुक्ता पुँजी १७ करोड ७१ लाख रुपैयाँ रहेको विजय लघुवित्तले रिजर्भ कोषमा २ करोड ९२ लाख ४७ हजार रुपैयाँ छ । खराब कर्जा पनि बढेर २.६२% पुगेको छ । गत वर्ष खराब कर्जा १.०८% रहेको थियो । प्रतिसेयर आम्दानी १४ रुपैयाँ (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ भने ११६ रुपैयाँ ६४ पैसा रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: