×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वेष्टर्नको खुद नाफा ३५.३४% ले वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वेष्टर्न डेभलपमेन्ट बैंकले ३ करोड ५८ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा गत आर्थिक बर्सको भन्दा ३५.३४% ले धेरै हो । गत वर्ष खुद नाफा २ करोड ६४ लाख ५८ हजार रुपैयाँ मात्र थियो । बैंकले यो अवधिमा आफ्नो नाफाका साथै खुद ब्याज आम्दानीमा पनि ५७.५१% ले वृद्धि गरेको छ । गत वर्ष ४ करोड ८४ लाख ५९ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी यो वर्ष ७ करोड ६३ लाख ३० हजार रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन नाफामा पनि बैंकले प्रगति गरेको छ । सञ्चालन नाफा ४ करोड १५ लाख ७७ हजार रुपैयाँबाट बढाएर ५ करोड ६२ लाख ७२ हजार रुपैयाँ पुर्याएको हो । 
२ अर्ब ९८ करोड ३ लाख ७८ हजार रुपैयाँ निक्षेप संकलन गरेको यो बैंकले २ अर्ब ४० करोड ५२ लाख २८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यसको खराब कर्जा २.१८% छ भने कस्ट अफ फन्ड ७.१३% छ । गत वर्ष खराब कर्जा ०.७१% र कस्ट अफ फन्ड ६.५३% थियो । बैंकको चुक्ता पुँजी ४२ करोड ९३ लाख १२ हजार रुपैयाँ छ । गत आवको सोही अवधिमा १५ करोड ६९ लाख ६० हजार रुपैयाँ रहेको थियो । बैंकको जगेडा कोष भने घटेको छ । गत वर्ष ९ करोड ११ लाख ५६ हजार रुपैयाँ रहेको जगेडा कोष खुम्चिएर ८ करोड १७ लाख ६५ हजार रपैयाँमा सीमित भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: