×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एक्यानको चुनाव : अध्यक्षका कुन प्रत्यासीलाई हराउन को-को, के-के गर्दैछन् ? प्रहरीसम्म पुग्नेभो केस !

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) को चुनाव नजिकिंदै गर्दा अध्यक्षमा कसले बाजी मार्छ भन्ने नतिजाको प्रतिक्षामा धेरै सिएहरु छन् । यसो त एक्यानको चुनाव कुनै पनि हालतमा जित्नका लागि अध्यक्षका प्रत्यासी आनन्द शर्मा वाग्ले र बद्री गुरागाईं आफुले भ्याएजति र गर्न सकेजति काम गरिरहेका छन् । आखिर चुनाव न पर्यो, यी दुवै पक्षका निकटका सिएहरु आफ्नो क्यान्डीडेटका प्रत्यासीलाई हराउन लागि परेका छन् । अघिल्लो चुनावको रिस फेर्न होस् वा आफु निकटका सिएलाई जिताउन दुवै पक्षका सिएहरु लागि परेका छन् । यसो त अध्यक्षका प्रत्यासी वाग्ले र गुरागाईंभन्दा पनि यिनका निकटका सिएहरुलाई बढी चुनाव लागेको छ । आफ्नो क्यान्डीडेटलाई भोट माग्ने, फकाउने, लोभ्याउने लगायतका काम भइरहेका छन् । 
आनन्द शर्मालाई हराउन को-को लागे ?
केहि दिन अघिको कुरा हो, अघिल्लो चुनावमा उठेर हारेका अमन उप्रेतीको सिए फर्मले पिकनिक आयोजना गर्यो । उक्त पिकनिकमा अघिल्लो चुनावमा आफुलाई हराउने आनन्द शर्मा वाग्लेलाई हराउन अमन उप्रेती देखिएरै लागे । थुप्रै सिएहरुको जमाघट भएको उक्त पिकनिकमा बद्रीलाई बोलाइयो भने आनन्दलाई बोलाइएन । कुरा त्यतिमा मात्र सिमित रहेन । गुरागाईंका लागि अमन आफैंले भोटसमेत मागे । बद्रीले सोहि बेला धेरै सिएहरुलाई आफुलाई भोट दिन कन्भिन्स पनि गरे । समग्रमा भन्दा सो पिकनिक ‘पिकनिक’ भन्दा बढी आनन्द शर्मा वाग्लेलाई हराउने ‘मास्टर प्लानिङ प्लेस’ बन्यो ।
यतिबेला शर्मालाई हराउन अमन उप्रेती मात्र होइन उनको पूरै सिए फर्म नै लागेको छ । उक्त फर्ममा काम गर्ने एक सिएले नाम नबताउने सर्तमा दिएको जानकारी अनुसार अमन उप्रेतीले कुनै पनि हालतमा आनन्दलाई हराउन भन्दै लागि परेका छन् । यसपालीको चुनावमा उक्त फर्मका सबैजसो सिएले बद्री गुरागाईंलाई भोट दिने पक्कापक्की छ । फर्मको पिकनिकमा त अमनले राजनीति गरे नै, आफुले चिनेका अन्य सिएलाई पनि उनले बद्रीका लागि भोटमात्र मागेका छैनन्, जसरी पनि आनन्दलाई हराउनुपर्ने भन्दै लागि परेका छन् ।
यसो त आनन्द शर्मा वाग्लेलाई हराउन, बद्री गुरागाईं निकट एक समूह कस्सीएर लागेको छ । सो समूहमा नेपाल बोर्डबाट पास गरेका र एक्यानको राजनीतिमा राम्रैसँग जम्ने गरेका सिएहरु पनि लागि परेका छन् । कतिपयले आनन्द शर्मा वाग्लेलाई भरत रिजालको मान्छे भन्ने बिल्ला भिराएर नकारात्कम प्रचार गरिरहेका छन् । शर्माका विरुद्ध यसरी लागेको समूहले आनन्दका धेरै भोट काटिसकेको कुरामा कुनै शंका छैन ।

बद्री विरुद्ध को को लाग्दैछन् ? प्रहरीसम्म पुग्ने भो केस ! 
एक्यानको चुनाव यसरीसम्म लागेको छ कि बद्री गुरागाईं समूह आफुहरु विरुद्ध नियोजित रुपमा गलत प्रचार भएको भन्दै पुलिस केस गर्ने तयारीमा छ । आनन्द शर्मा वाग्ले निकट एक सिएले फेक आइडी बनाएर आफ्ना प्रतिष्पर्धी विरुद्ध खैरो खनेको र आफ्नो चरित्र हत्या गरेको भन्दै प्रहरी समक्ष उजुरी गर्न लागेको बुझिएको छ । 
‘यो पर्थेन्द्र लम्सालको एउटा फेसवुक आईडि बनाएर बद्री गुरागाईंको चरित्र हत्या गर्ने प्रयास भएको छ । यो काम आनन्द शर्मा वाग्ले निकटका एक सिएको हो । यसको कानुनी उपचार खोज्ने क्रममा छौं ।’ बद्री गुरागाईं निकट एक सिएले अर्थ सरोकारसँग भने, ‘ एक्यानकै चुनावक लागि भनेर खोलिएको यो आईडि एक्यानको फेसवुक ग्रुपमा सदस्यसमेत भएको छ । र यो आइडीलाई चुनावमा कोषाध्यक्षका प्रत्यासी बनेका एक सिएले एक्यान ग्रुपमा जोडेका छन् । अध्यक्षका प्रत्यसी बद्रि कुमार गुरागाई नेपाल परिवार नियोजन संघमा काम गर्दाका कुराहरु ल्याएर नियोजित रुपमा बद्रीलाई बदनाम गराउने प्रयास भइरहेको छ । सिएजस्तो गरिमामय पेशामा बसेर तल्लो स्तरको हर्कत सुरु भएको छ । नक्कली फेसबुक एकाउन्ट बनाएका सिएको पहिचान भइसकेको छ । नीजलाई विद्युतीय कारोबार ऐन अनुसार प्रहरीमा उजुरी गर्ने तयारीमा छौं ।’ 
उनको कुरा सुनेपछि हामीले पनि यसबारे खोजीनीति गर्यौं । कुरा त अचम्मको पो रहेछ । फेसबुक एकाउन्ट खोल्नेले फेसबुकको युजरनेम समेत caelectionacan भनेर राखेका रहेछन् । र प्रोफाइल पिक्चर http://www.cbesa.ca/meet-the-team बाट साभार गरेका रहेछन् । हुन त यसअघिका चुनावहरुमा पनि यसरी नक्कली एकाउन्ट बनाएर एकअर्काको उछितो खन्ने काम भएकै हो । अव यो घटनाले कुन रुप लिन्छ, त्यो भने हेर्न बाँकी नै छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: