×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कामीनीका ‘कमिना’ कर्मचारीको कर्तुत : रक्सीले मातेर कार्यालय आए, महत्वपूर्ण कागजात जलाए ! होला त कार्वाही ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल टेलिकमका कर्मचारीहरुले रक्सीले मातेर टेलिकमका महत्वपूर्ण कागजातहरु जलाएका छन् ।कार्यालयका सहायक प्रमुख वृकेश साउद र कार्यालय प्रमुख धामीले मातेको झोकमा टेलिकमका महत्वपूर्ण कागजातहरु जलाएका हुन् । उनीहरुले अछामस्थित टेलिकम साखाले स्थापनाकालदेखि हालसम्म वितरण गरेका नमस्ते, स्काई र सीडीएमए सिमकार्डका करिब ४७ हजार फारम र कार्यालयका अन्य सामग्री जलाएका हुन् ।
टेलिकमका अन्य कर्मचारीले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार अछाममा वितरण भएका ४७ हजार फारममध्ये धेरै फारममा उल्लेख गरिएको विवरण कम्प्युटरमा अपडेट गराउन बाँकी थियो । तर रक्सीले मातेको भरमा उनीहरुले ‘यस्ता मु* कागज त सबै जलाउनुपर्छ’ भन्दै कराउंदै उक्त फारमहरु जलाएका थिए ।
यसो त टेलिकमका सहायक प्रमुख वृकेश साउदलाई केही दिनअघि मदिरा सेवन गरेर कार्यालयमा पुगेको खबरपछि उनलाई हिरासतमा समेत राखिएको थियो । तर उनको रबैया रोकिएन । ती महत्वपूर्ण कागजात जलाउँदा टेलिकमलाइ धेरै घाटा भएको पक्का छ ।
कागजहरू जलाउनैपर्ने भए कागज नष्ट सम्बन्धी ऐन २०२७ अनुसार हेरफेर गरेर जलाउनुपर्छ । यस विषयमा टेलिकमकि प्रबक्ता प्रतिमा बैद्यलाई फोन गर्दा उनी सम्पर्कमा आउन नै चाहिनन् ।
र… यो पनि !
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: