×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बन्द अपडेट : काठमाडौंको आरएनएसी अगाडि बम भेटियो, पाल्पामा पनि बिस्फोट, बाहिर निस्कनै त्रास हुँदा प्रसासन रमिते

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दका कारण देशका विभिन्न स्थानमा आंशिक प्रभाव परेको छ भने केहि स्थानमा त्रासको अवस्था देखिएको छ । यसैबीच नेपाल बन्दको दिन पाल्पा सदरमुकाम तानसेनमा बम बिस्फोट भएको छ भने राजधानी काठमाडौंको मुटु मानिने रत्नपार्कस्थित आरएनएसी अगाडि पनि प्रेसरकुकर बम फेला परेको अपुष्ट खबर छ । प्रहरीले यसबारे कुनै पनि जानकारी दिएको छैन । 
यसैबीच नेकपाका कार्यकर्ताहरुले बिराटनगरमा गाडीमा आगो लगाइदिएका छन् भने विभिन्न स्थानमा टायर बलेका छन् । बन्दका कारण  यातायात, शैक्षिक संस्था, उद्योगधन्दा कलकारखाना ठप्प छन् । यद्यपी बन्दमा सार्बजनिक र निजी सवारीसाधन बाहेक प्रेस, एम्बुलेन्स, शब बहान, दुध बोक्ने गाडी र पानी बोक्ने गाडीजस्ता अत्यावश्यक सवारीसाधनलाई चल्न दिएकाे बताइएको छ ।
यद्यपी देशभर बम आतंकसहितको बन्द त्रासदी हुँदा पनि प्रशासन भने रमिते जस्तै बनेको छ ।  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: