×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चुडामणि शर्मापछी यी हुन् विप्लवको निशानामा परेका व्यवसायीहरु, जनता ठग्ने चन्द्रागिरी हिल्स ‘मेन टार्गेट’मा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ३ महिने जागरण अभियान भन्दै व्यवसायीहरुलाई उसैको भाषामा ‘जनकारवाही’ सुरु गरेको छ । सोहि कार्यक्रम अन्तर्गत नेपाल कप्युनिष्ट पार्टी (नेकपा) ले चुडामणि शर्माको घरमा तोडफोड गरेको छ भने शर्माको घरमा आफ्नो पार्टीको झण्डासमेत गाडेको छ । गत माघ १५ गतेबाट सुरु भएको तीन महिने ‘जनजागरण तथा भण्डाफोर’ अभियान नाम दिएर पार्टीले विभिन्न व्यवसायीहरुलाई टार्गेटमा राख्दै उनीहरु विरुद्ध भौतिक आक्रमण सुरु गरेको छ ।
मंगलबार आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक शर्माको बुढानिलकण्ठस्थित घरमा नेकपाका कार्यकर्ताले ताेडफाेड र ढुङ्गामुडा गरेसँगै अव विप्लवका टार्गेट व्यवसायीहरु को भन्ने चर्चा चलेको छ । यद्यपी पार्टीले यसअघि नै भ्रष्टहरु सूची तयार गरिसकेको छ । 
शर्मापछि अव को-को माथि हुँदैछ कारवाही ?
यसो त विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गत कार्तिकमै केहि व्यक्तिहरुलाई ‘राष्ट्रिय भ्रष्टाचारी’ घोषणा गरिसकेको छ । र सोहि प्लानअनुसार अव पार्टीले कार्वाहीका नाममा विभिन्न व्यवसायीहरुलाई कारवाही गर्ने पक्कापक्की जस्तैछ । नेपाल कम्युनिष्ट पार्टी निकट विश्वस्त स्रोतका अनुसार शर्मापछि नेपाल आयल निगमका बर्खास्त कार्यकारी निर्देशक गोपाल खड्का, अजय सुमार्गी, र चन्द्रागिरी हिल्सका लगानीकर्तापनि विप्लवको टार्गेटमा छन् । 
स्रोतका अनुसार नेपाली जनतालाई ठगेको, राज्यलाई ठगेर राष्ट्रिय सम्पत्ति आफ्नो बनाएको लगायतका कारण देखाउंदै पार्टीले चन्द्रागिरी हिल्स लिमिटेडका लगानीकर्ता तथा कम्पनीमाथि भौतिक आक्रमणको तयारी गरिसकेको छ । यता पार्टीका केहि अगुवाहरुले भने विभिन्न भ्रष्ट व्यवसायीहरुलाई कारवाही गरिएसँगै पार्टी संगठनलाई सुदृढ गर्ने, विस्तारका साथै जनवर्गिय संगठनहरुका भेला सम्मेलन गर्ने लगायतका कार्यक्रमहरु तयार गरिसकिएको छ ।
स्मरण रहोस् चन्द्रागिरी हिल्स लिमिटेड नेपाली जनतालाई सबैभन्दा बढी ठग्ने कम्पनीहरुमध्येमा पर्छ । 
चन्द्रागिरी हिल्स लिमिटेडसम्बन्धी यी सामाग्री छुटे कि ?
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: