×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चुडामणिको घरमा तोडफोड भएको १८ मिनेटपछी २ जना प्रहरी बाइकमा आए, गिरफ्तार भएका अधिकांस स्थानीय !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपालको सुरक्षा कतिसम्म कमजोर रहेछ भन्ने तथ्य मंगलबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको घरमा पार्टीकै भाषामा ‘जनकारवाही’ गर्यो । अकस्मात आएर नेकपाका कार्यकर्ताहरु आएर भकाभक घर फुटाउंदा जति अचम्म स्थानीयहरुलाई लाग्यो, त्यहाँभन्दा बढी अचम्म देशको सुरक्षा स्थिति देखेर सबैलाई लाग्यो । 
यत्रो ‘केस’ पर्दा सुरक्षा खोइ ?
चुडामणि शर्मा प्रकरण अझै सकिएको छैन । उनलाई अख्तियारले जति निशाना बनाएको छ, त्यो भन्दा बढी नेपाल कम्प्युनिष्ट पार्टीले निशाना बनाएको धेरैलाई थाहा छ । यसअघि पार्टीले उनलाई राष्ट्रिय भ्रष्टाचारी घोषणा गरेको थियो भने त्यतिबेला नै उनलाई कहिले ‘भौतिक कारवाही’ हुन्छ भन्ने चर्चा नेकपाका नेताहरुले कतिपय सार्वजनक फोरमहरुमा समेत भन्ने गरेका थिए । यति संवेदनशील ठाउँमा उनलाई सुरक्षा दिइएको पाइएन । अझ अचम्मको कुरा त के छ भने शर्माको घर नजिकै प्रहरी बिट पनि छ । तर मंगलबार सयौंको संख्यामा विप्लवका कार्यकर्ता आएर चुडामणि शर्माको घर फोड्दा ती प्रहरी कता थिए, कसैलाई थाहा थिएन ।

विप्लवका कार्यकर्ताले चुडामणिको घर फुटाए, १०० बढी कार्यकर्ताले गरे यस्तो तोडफोड (Exclusive फोटोहरुसहित)

१८ मिनेटपछी बाइकमा आए २ जना प्रहरी 
यो सब घटना नियालिरहेका संचारकर्मीहरु पनि त्यतिबेला अचम्ममा परे जुन बेला शर्माको घर फुटाएर सबै कार्यकर्ता ‘तितरबितर’ भएपछि करिव १८ मिनेटपछी २ जना प्रहरी बाइकमा आइपुगे । चुडामणिको घर फुटाइएको थाहा पाएपछि बाहिर निस्केका उनको छिमेकका करिव २०० स्थानीय जम्मा हुँदा प्रशासनको तर्फबाट जम्मा २ जना प्रहरी बाइकमा आइपुगे । यसो त विप्लवका कार्यकर्ताले पनि निकै चलाखी गरेको पाइयो । केहि प्रहरीलाई चोकमै अल्मल्याएर उनीहरुले केहि भित्र रहेको चुडामणिको घरमा ‘एक्सन’ लिए ।

चुडामणि शर्मापछी यी हुन् विप्लवको निशानामा परेका व्यवसायीहरु, जनता ठग्ने चन्द्रागिरी हिल्स ‘मेन टार्गेट’मा !

स्थानीयले चर्को दवाव दिएपछि थप प्रहरी घटनास्थलमा पुग्यो । तर प्रहरी घटनास्थल पुग्दासम्म धेरै अवेर भइसकेको थियो । घर तोडफोड गरेर विप्लवका कार्यकर्ताहरु आ-आफ्नो बाटो लागिसकेका थिए । यो घटनाले एकातर्फ नेपालको प्रशासन कतिसम्म कमजोर रहेछ वा नेपालको सुरक्षा स्थिति कतिसम्म कमजोर रहेछ भन्ने देखाएको छ भने अर्कोतर्फ कुनैपनि बेला कोहि आएर तोडफोड गरे भने सुरक्षा नपाइने रहेछ भन्ने कुराको दरले स्थानीयहरु त्रसित बनेका छन् ।

विप्लवका कार्यकर्ताले चुडामणिको घर फुटाएपछी स्थानीयहरु मख्ख, हाँस्दै भने, ‘अपच हुनेगरी खाएको थियो, ठिक्क पर्यो’

कार्यकर्ता भागे, सामान्य जनता समातिए !
अझ प्रहरीले बहादुरी देखाएको जसरी ‘जो भेटिन्छ, त्यहि समातौं’ भन्ने शैलीमा केहि स्थानीय जनताहरुलाई नियन्त्रणमा लियो । चुडामणिको घर फुटाउने काममा प्रत्यक्ष संलग्न रहेका कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेन । बरु यहि घटनालाई हेरिरहेका स्थानीयहरुलाई प्रहरीले पक्रियो । यद्यपी त्यसमा केहि सामान्य हैसियतका विप्लवका कार्यकर्ताहरुपनि समातिएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: