×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अख्तियार प्रमुखको यस्तो डरलाग्दो ‘धन्दा’, भ्रष्टाचारीसँग हुन्छ करोडौंको मोलमोलाई, घुस नदिनेलाई ठाउँको ठाउँ कार्वाही

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तले भ्रष्टचारीहरुसँग करोडौंको मोलमोलाई गर्ने गरेको तथ्य फेला परेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकले अख्तियार प्रमुखको यस्तो धन्दाबारे तथ्य नजिक पुगिसकेको बताएको छ । भ्रष्टाचारसँग जोडिएका ठूला काण्डहरुमा आयोगका प्रमुख आयुक्त दिप बस्न्यातले ठूलो मोलमोलाइ गरिरहेको र अख्तियारको नाम बेचेर अरवौं कमाउन पल्केका यस्ता व्यक्तिलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने संगठनको निष्कर्ष छ । जनस्वयमसेवकले राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरेर बस्न्यातले गरेका भ्रष्टाचारका फेहरिस्त सार्वजनिक गरेको हो । 
जनस्वयमसेवकका अनुसार बस्न्यातले केही साना कर्मचारीहरुलाई आफैले योजनाबद्ध जालो थापेर घुस खुवाउने गरेका छन् भने आफैले समातेको नाटक रच्ने गरेका छन् । बस्न्यातले राजश्व अनुसन्धान आयोगका प्रमुख चुडामणी शर्मा, पूर्व प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल, नेपाल आयल निगमका प्रमुख गोपाल खड्का लगायतका केही भ्रष्ट पात्रहरुमाथि चलिरहेको मुद्दामा बस्न्यातले भित्री रुपमा जोगाउने प्रयाससमेत गरिरहेका छन् ।
यस्तो रहेछ भित्री कुरो, अख्तियार प्रमुखको सर्टिफिकेट पनि नक्कली !
निजामति प्रशासनिक सेवामा ४४ वर्ष भन्दा बढी बिताएका बस्न्यात सधैभरि मालदार अड्डा मानिएका कार्यालयमा रहेर काम गरेका थिए । २०३२ सालमा बाँके कोहलपुर सडक डिभिजन कार्यालयको लेखा अधिकृत भएका बस्न्यात त्यसपछि निरन्तर मालपोत कार्यालय, कर कार्यालय, भन्सार कार्यालयका प्रमुख तथा श्रम कार्यालय, आन्तरिक राजश्व विभाग आदिका महानिर्देशक भएको देखिन्छ । यी सबै कार्यालयहरु सबै निकै कमाउ कार्यालय मानिन्छन् । यस्ता कार्यालयमा कमै मात्र कर्मचारीले कम्तीमा एक वा दुई पटकसम्म मात्र जाने मौका पाउँछन् । त्यो पनि यी कार्यालयमा पुग्न ठूलो कमिसनको खेल हुने कर्मचारीहरुमाझ प्रख्यात नै रहेको छ । जनस्वयमसेवकले बस्न्यातको यो पोष्टिङले नै उनले गर्ने घुस, कमिसनको खेल प्रष्ट हुने दावी गरेको छ । 
बस्न्यातको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र पनि नक्कली रहेको जनस्वयमसेवकले जनाएको छ । संगठनका तर्फबाट बिज्ञप्ति नै जारी गरेर यस्तो खुलासा गरिएको हो । बस्न्यातले किनेर ल्याएको एमएको सर्टिफिकेटका भरमा यत्रो जागिर खाँदै अख्तियारको प्रमुख आयुक्तमा पुगेको दावी विज्ञप्तिमा गरिएको छ । बस्न्यातले नेपालमा कतै पनि एमएको अध्ययन गरेको रेकर्ड नभएको र उनले अन्यत्र पनि थाहा भएका मान्यता प्राप्त शैक्षिक संस्थाबाट अध्ययन नगरेको प्रष्ट पार्दै उनले किनेर ल्याएको सर्टिफिकेटले जागिर खाएको आरोप उक्त बिज्ञप्तिमा लगाइएको छ । 
त्यसरी जागिर खाएका बस्न्यातले अख्तियारको आयुक्त हुनुअघि आफु नै विरुद्ध एमएको सर्टिफिकेट नक्कली रहेकोले प्रमाणित गर्न माग गर्दै वेनामी उजुरी हाल्न लगाएको र पछि अख्तियारकै पदाधिकारीसँग मिलेर त्यो मुद्दा तामेलीमा राखी अख्तियारको प्रमुख बन्न सफल भएको जनस्वयमसेवकले दावी गरेको छ । अहिले उनले भ्रष्टाचारको नियन्त्रण गर्ने नभई भ्रष्टहरुको संरक्षण गर्दै भ्रष्टाचारको बढावा दिइरहेकोले उनीमाथि कडा कारवाही गर्न जनस्वयमसेवकले माग गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: