×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हल्लाको भरमा धेरै ‘चुमुक-चुमुक’ नगर्नुस् है, फसिएला नि ! सेयर बजारको ताजा स्थितिबारे यी ५ कुरा ख्याल गर्नू !

  • डीआर नेपाल 

हुन त बजार घट्नु र बढ्नु स्वाभाविक हो । बजारको सुन्दरता पनि त्यहि हो । तर पछिल्लो समय डा. युवराज खतिवडा आएपछि बजार घट्छ भन्ने भ्रम फिंजाएर आफ्नो स्वार्थ पूरा गर्नेहरु पनि छन्, बजार तत्काल खुब बढ्छ भनेर आफ्नो स्वार्थ पूरा गर्नेहरु पनि धेरै छन् । यस्ता बेला अलि द्विविधा हुनु स्वाभाविक पनि हो । तर सेयर बजार सम्बन्धि यी ५ कुरा ख्याल गरे बजारमा फस्ने डर हुन्न ।
१. तत्काल बजार बढ्ने स्थिति छैन । केहि दिन अझै पर्खिंदा राम्रो हुन्छ । केहि सस्ता सेयरहरुमा नजर लगाईराख्दा फाइदा हुन्छ । तीनलाई नजरमात्र लगाईराख्नुस्, तत्काल नकिनीहाल्नुस् !
२. बजार अवको डेढ महिना हाराहारीमा बढ्छ नै ! तर दीर्घकालीन रुपमा बढ्दैन । दीर्घकालीन रुपमा सेयर बजार बढ्नुपर्ने कारण पनि केहि पनि छैन । लगभग  डेढ महिना पुग्नै लाग्दा केहि सस्ता सेयर उठाउनु राम्रो हुन्छ । त्यसपछि केहि दिन त्यो सेयरलाई होल्ड गर्दा राम्रो हुन्छ । 
३. बजार लगातार केहि दिन बढेजस्तो हुन्छ । त्यहिबेला झ्याप्प आफ्नो सेयर बेचेर सेफ साइडमा बसीहाल्नुपर्छ । किनकि त्यसपछि बजार फेरि घट्छ । कारण स्पष्ट छ । लगभग डेढ महिना के हो के हो जस्तो हुने भएकाले बजार बढ्दैन । बजारमा के के न हुन लाग्यो जस्तो भ्रम आउँछ बजार बढ्छ । अन्त्यमा केहि हुन्न, बजार फेरि घट्छ ।
सुझाव मेरो तर निर्णय तपाईंको । म सेयर बजार विश्लेषक भन्न पनि आफुलाई चाहान्न । होइन पनि । तर मैले लाउने आइडिया यहि हो र यो योजना सफल हुन्छ भन्नेमा म ढुक्क छु । तपाईंले पनि यसै गरे फाइदा होला ।           
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: