×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नागबेली लघुवित्तले १००% हकप्रद जारी गर्न धितोपत्र बोर्डसंग माग्यो अनुमति

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नागबेली लघुवित्त विकास बैंकले १००% हकप्रद जारी गर्ने भएको छ । बैंकले १:१ अनुपातमा एक सय रुपैयाँ अंकित मूल्यमा सात लाख ६६ हजार चार सय ६३ दशमलव १५ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ । उक्त सेयर सात करोड ६६ लाख ४६ हजार तीन सय १५ रुपैयाँ बराबर रहेको छ । 
यसका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । बैंकले नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्काशनको अनुमति माग गर्दै  निवेदन दिएको छ । 
हकप्रद निष्काशनपछि बैंकको चुक्तापुँजी १५ करोड ३२ लाख ९२ हजार रुपैयाँ पुग्नेछ । लघुवित्तको गत मंसिर २५ गते सम्पन्न आठौं बार्षिक साधारण सभाले शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: