×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर बजारमा मेरो अनुभव, ‘ट्रेडिङ’ गर्दा फाइदा तर ‘ट्रेडिङ’मै ‘एडिक्ट’ बन्दा घाटा’

  • नवराज घिमिरे, लगानीकर्ता / सेयर बजार विश्लेषक 
आजभन्दा धेरै वर्ष पहिलेबाट मैले सेयर मार्केटमा ‘ट्रेडिंग’ सुरु गरेको हुँ । मलाई ११ वजे मार्केट खुलेपछि ट्रेडिंग नगरी वस्दा घवराहट हुन लाग्थ्यो । जसरी एक रक्सी खाने मानिसलाई रक्सी खान नपाउदा हुने घवराहट , त्यस्तै चुरोट खाने मानिसलाई चुरोट खान नपाउदा हुने घवराहट ! यसैगरी कुनैदिन मैले ट्रेडिंग गरिन भने मलाई ‘के छुट्यो के छुट्यो’ जस्तो हुन्थ्यो । साथीहरु यो जुन ट्रेडिंगको आदत तथा नसा छ, यो एकदमै खतरनाक हुनेगर्छ । म पनि यसको एक भुक्तभोगीमध्यकै हुँ । मेरो फेसवुक, मेसेन्जर, भाईबर तथा ट्वीटरमा जोडिनुभएका साथीहरुले मलाई बारम्बार यहि कुरा सोध्ने गर्नुहुन्छ । ‘नवराजजी मलाई यति घाटा लागिसक्यो तर म सधै ट्रेडिंग गर्छु ताकी पुरानो घाटा पुर्ताल हुन्छ । यसो गर्दा गर्दा मैले लाखौ रुपैयाँ गुमाईसकें अव म के गरौं ? ट्रेडिंगको नसा छोडनै सक्दिन ।’ 
धेरै साथीहरु यस्तो परिस्थितिमा पुगेको हुनुपर्छ । सुरु सुरुमा थोरैथोरै कित्ता ट्रेर्ड गर्दै जानुभयो यसवाट केही नाफा पनि भयो होला । पछी भोलुम वढाउदै जानुहुन्छ । यो चक्करमा तपाँईले पाएको नाफा त जान्छ जान्छ, त्यस पछी तपाईलाई घाटा हुन सुरु हुन्छ । फेरी यो घाटालाई ‘रिकभर’ गर्ने चक्करमा तपाँई अरु ट्रेडिंग गर्न थाल्नुहुन्छ। मैले यहाँ ट्रेडिंग गर्नु खरावै हो भन्न किमार्थ खोजेको हैन । मैले त खाली ट्रेडिंगलाई आदत वा नसा वनाउँनु एकदम खराव हो भन्न खोजेको हुँ । मैले पनि यस्तो अवस्था भोगेर आएकै हुँ । कुनैदिन ट्रेडिंग गरिन भने मलाई वेचैनि हुन्थ्यो । एक दिन मैले यस्तो निर्णय गरें जुन म आज यहाँहरुमाझ बाड्न चाहन्छु । यहाँहरुलाई पनि यस्तै वेचैनी पक्कैपनि भएकै हुनुपर्छ । 
यसरी ट्रेडिंग नगर्नु भनेर घरमा हुने आमा, वुवा, श्रीमतीले पनि सम्झाएको हुन सक्छ । र, तपाँईले पनि अव म ट्रेडिंग गर्दिन पनि भन्नु एको हुन सक्छ । तर भोलिपल्ट व्रोकर अफिस पुग्नुहुन्छ, अनि तपाँईलाई खसखस हुन सुरु हुन्छ र फेरी ट्रेडिंग सुरु गरि हाल्नु हुन्छ । यो तपाँईको आदत हो । यो आदतले तपाईलाई ट्रेडिंग गर्न लगाउँछ । यसैलाई ट्रेडिड:को आदत वा नसा भनिन्छ । मलाई पनि यस्तो भएको थियो । तर मैले आँट गरें । कि, म दैनिक व्रोकर अफिस जान्छु । विहानदेखि साँझ सम्म स्कृनको अगाडी वस्छु । तर म एक महिना सम्म कुनै पनि ट्रेडिंग गर्दिन । मेरो अगाडी स्टक जतिनै माथी आएपनि म बहकिन्न । म विश्लेषण पनि गर्छु, चार्ट पनि हेर्छु तर म ट्रेडिड: गर्दिन । यो मेरो एक किसिमको कसम नै भयो । 
साथीहरु हो , यो मेरो एक महिनाको परिक्षा वा तपस्या थियो । त्यो मैले पार गर्न सफल भएँ । यदी मैले चाहिन भने मलाई यो मार्केटले जवरजस्ती गर्न सक्दैन । यो एक महिनामा मैले यति धेरै अनुभव वटुले की कुरा गरेर साध्य छैन । एउटा स्टकलाई मैले राती विश्लेषण गरेको थिए । यो स्टक माथी जान्छ भनेर । म स्कृनको अगाडी वसिनैरहें । तर मैले त्यो स्टक लिईन । नभन्दै सुरुवाटनै त्यो स्टक माथि जान सुरु गर्यो । केही दिन माथी गहिनै रह्यो । मौले मन वाधेर वसे । एक महिनामा मैले सिकेको कुरा तपाँईलाई दुनिया भरको कुनै कितावले पनि सिकाउन सक्दैन । मैले यो सिकेको थिए की यहाँ मौका रोजाना आई नै रहने छ । एउटा छुट्यो त के भयो ? भोली अर्कोमा मौका आईहाल्छ । कुनै यस्तो चिज होइन की आज छुट्यो भोली किन्ने मौका आउदैनकी भन्नु पर्ने नै हुदैन । किन्ने मौका आईरहन्छ । जसलाई ट्रेडिंगको नसा वसेको हुन्छ उसलाई भोली यो स्टक पाईदैनकी जस्तो लागिरहन्छ । यदी तपाँई आफ्नो यो नसालाई हटाउन चाहनु हुन्छ भने ट्रेडिंग स्कृनको अगाडी वस्नुस् तर ट्रेडिंग नगर्नुस् । 
मैले यस्ता यस्ता ट्रेर्डर देखेको छु की आफ्नो धेरै ठूलो नोक्सान भैरहदा पनि त्यो स्कृनवाट वाहिरीन सकिरहेका हुदैनन् । दैनिक नोक्सान खान्छन तर ट्रेडिंग गर्न छोडदैनन् । यसरी ट्रेडिंग गर्नेहरु रातीमा डिप्रेसनमा जाने गर्छन । किन की यो घाटा ‘एकुमुलेट’ भैरहेको हुन्छ । कतैन कतैवाट तपाँईको क्यापिटलमा असर परिरहेको हुन्छ । यसैले ट्रेडिंग गर्नु खराव होईन ट्रेडिंगको आदत वा नसा खराव हो । मैले यहाँ भन्न खोजेको यहि हो । यसलाई स्पष्ट रुपमा वुझ्न जरुरी छ । सिक्नको लागी ट्रेडिंग गर्नु नराम्रो होईन । तर समस्या कहाँनेर छ भने हामि पैसा कमाउनलाई ट्रेडिंग गर्छौ । तर पैसा कमाउनेको सूचीमा कहिल्यै ट्रेर्डर परेका छैनन् । यो मार्केटमा पैसा कमाउने भनेकै लंग टर्म लगानी गर्नेले हो । वास्तवमा भन्नेहो भने यो मार्केट समुन्द्रको किनारमा वसेर जाल थाप्नु जस्तो हो । साना माछा आउँदा वास्तै नगर्ने ठूलो माछोलाई ढुकेर वस्ने । यो मार्केट मौका पर्खने प्लेटफर्म हो । 
हेर्नुस म नवराज घिमिरे हुँ । म नवराज घिमिरे वन्न कति घाटा खाँए, कति सहेको छु ! कति भोगेको छु , कति सिकेको छु यो मार्केटमा तपाँई सोच्न पनि सक्नुहुन्न । त्यसैले जो यस मार्केटमा सिक्न चाहन्छ जो काम गर्न चाहन्छ उसलाई अवस्य झड्का लाग्छ । जो मानिस द्रुतगतीमा गाडी चलाउछ उसले दुर्घटना झेलेकै हुन्छ । यदी विचैमा गाडी रोकियो भने गन्यव्यमा पुगिदैन म एक ‘लंग टर्म’ लगानीकर्ता हुँ । मलाई ट्रेडिंगको कुनै आदत छैन । परेको वेला गरि पनि हाल्छु । र, मैले आज सम्म जति पैसा कमाएको छु ट्रेडिंग गरेर होईन लगानी गरेर हो ।  त्यसैले हामी दिर्घकालीन लगानीकर्ता वनौं । आफुलाई नसालु ट्रेर्डर नवनाउँ । आजको मेरो लेखको मक्सद पनि यही नै हो । वाँकी अंकहरुमा यस्तै यस्तै अनुभव संगालिएका लेख लिएर अर्थ सरोकार डटकममा आउनेनै छु । अर्थ सरोकार डटकम हेर्दै रहनुहोला ।
नवराज घिमिरेका यी विश्लेषण छुटे कि ?

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: