×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेप्सेको भवनको ‘डेट एक्सपायर’ फोटो अझै प्रयोगमा, खासमा नेप्सेको भवन यस्तो भइसक्यो (तस्विरसहित)

  • रेखा ग्वायमरु / अर्थ सरोकार डटकम 

काठमाडौँ- नेप्से भनेर गुगलमा तस्विर खोजियो भने नेपाल स्टक एक्सचेन्ज लिमिटेड लेखिएको छाना भएको भवन देखिन्छ । अझै पनि सबैजसो मिडियाले नेप्सेको समाचारमा सोहि भवन राख्ने गरेका छन् । तर नेप्सेको भवनले भने परिवर्तित स्वरूप पाईसकेको छ ।   
परिवर्तित नेप्सेको भवनमा माथिल्ला तल्लाहरुमा सिशा जडान गरिएको छ भने भवनलाई नयाँ मोडलमा सृंगार गरिएको छ । यसो त भवनको यो आउटलेमात्र हो । भित्री संरचना नेप्सेको उही पूरानो नै हो । जसमा केहि ‘रिनोभेसन’ भने पक्कै गरेको छ ।यसो त नेप्सेकै कर्मचारीहरुबीच पनि मिडियाले किन नेप्सेको पूरानो फोटो राख्छ भन्ने चर्चा हुने गरेको छ । यसमा मिडियाकर्मी नेप्सेमै नपुग्नु, वा पुगेपनि उक्त भवनमा देखिने गरी नेपाल स्टक एक्सचेन्ज नलेखिनुले पाठकले बुझ्दैनन् कि भन्ने समस्या पनि छ ।      
यी हुन् नेप्सेको रिनोभेटेड भवनको काइदा, नयाँ भवन डिजाइनमा यस्तो रिस्क !
बेलाबेलामा अझ बजार घटेका बेला विभिन्न बहानामा नेप्सेमा आन्दोलन भइरहन्छन् । यस्तो समयमा कसैले ढुंगामुढा गर्यो भने नेप्सेमा बढी क्षति हुने देखिन्छ ।  तर रिनोभेसन भवन हेर्दै आकर्षक छ । लाखौँ लगानीकर्तालाई अपरेट गर्ने संस्थाको भवन पहिला हेर्दै नराम्रो भन्ने प्रतिक्रिया समेत आएको थियो । अहिलेको भवनले त्यसलाई केहि हदसम्म भएपनि मेटाउने प्रयास गरेको छ । यसो त नेप्सेको भित्री डेकोरेसन र त्यसको व्यवस्थापनलाई पनि अझ बजबूत बनाइएको छ ।    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: