×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आयो २०७५ सालको पात्रो : मंसिरमा बिहेको साइत एकदिन मात्र, कार्तिकमा छ दशैंतिहार !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७५ का लागि १३ वटा पात्रो (पञ्चाङ्ग) लाई प्रकाशनको स्वीकृति दिएसँगै २०७५ सालको पात्रो सार्वजनिक भएको छ । सार्वजनिक भएको पात्रो अनुसार आगामी वर्ष विवाहको लगन फागुनमा धेरै परेको छ । अचम्मको लाग्दो कुरा के छ भने विवाहको महिना मानिने मंसिरमा भने एक दिनमात्रै साइत परेको छ । जसमध्ये एक ‘सूर्य पञ्चाङ्ग’का अनुसार आगामी वर्ष विवाहका लागि कुल ३४ वटा साइत जुरेका छन् ।
बैशाखमा ५,६,१६ र २८ गते गरी चार दिन विवाहमूहूर्त छ भने असारमा ६, ७, ९, ११, १५, र १६ गते छ ।तर, मंसिरमा भने एक दिनमात्रै बिहेको साइत छ । ‘सूर्य पञ्चाङ्ग’का अनुसार मंसिर महिनामा २९ गते मात्रै विवाहमूहूर्त छ ।माघमा १० दिन बिहेको साइत छ । पात्रो अनुसार माघ ३, ४, ८, ९, ११, १३, १४, १५, २६ र २७ गते बिहे गर्न साइत जुर्छ । ०७५ साल फागुनमा सबैभन्दा धेरै, अर्थात् झण्डै आधा महिना -१३) दिन विवाहको साइत जुरेको छ । फागुन १, २, ७, ८, ९, १०, १३, १४, २३, २४, २५, २८ र २९ गते बिहेको साइत जुरेको छ ।
अर्को अचम्मको कुरा त के छ भने आगामी वर्ष व्रतबन्धका लागि निकै कम साइत जुरेको छ । ‘सूर्य पञ्चाङ्ग’का अनुसार असारमा ८ र २१ गते अनि माघ २७ र फागुन ९ गते मात्रै व्रतबन्धको साइत जुरेको छ । यता आगामी वर्षको दशैं र तिहार दुबै कात्तिक महिनामा परेका छन् । दशैंको टीका कात्तिकमा परे पनि नौरथा चाहिँ असोजबाटै सुरु हुन्छ । २०७५ सालको ‘सूर्य पञ्चाङ्ग’का अनुसार असोज २४ मा घटस्थापना परेको छ भने विजयादशमी कात्तिक २ मा परेको छ । कोजाग्रत पूर्णिमा कात्तिक ७ मा परेको छ ।
यस्तै कात्तिक २१ गते लक्ष्मीपूजा र २३ गते भाइटीका परेको छ । आगामी वर्षको छठ पर्व कात्तिक २७ गते परेको छ । महिलाहरुको विशेष पर्व हरितालिका तीज पनि यसवर्ष निकै पछाडि सरेको छ । हरितालिका तीजको ब्रत भदौ २७ गते परेको छ । त्यसैगरी गाईजात्रा भदौ ११ गते परेको छ भने कुसे औंसी भदौ २४ गते परेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: