×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आफ्नो कम्पनी प्यानमा दर्ता गर्नु भएको छ ? कति सम्मको प्यान विल काट्न पाईन्छ ? पढ्नुहोस् विज्ञको सुझाव

काठमाडौँ- ‘प्यानबिल कति रुपैयाँसम्मको काट्न पाइन्छ ?’ यो धेरैले सोध्ने प्रश्न हो । धेरै करदातालाई यो समस्या परेको पनि पाइन्छ । गलत रुपमा बिल काट्दा जरिवानाको भागीदार बनेका थुप्रै करदाताहरु छन् । आखिर कतिरुपैयाँसम्मको प्यान बिल काट्न पाइन्छ त ? कर विज्ञहरुको समूह नेपालट्याक्सअनलाइनले यससम्बन्धमा उचित सल्लाह दिएको छ ।

   
प्यानमा दर्ता भएको संस्थाले यतिसम्मको मात्र प्यान विल काट्न पाईन्छ भनेर कुनै पनि कानूनमा लेखिएको छैन । त्यसकारण जति सम्मको पनि प्यान विल काट्न पाईन्छ । तर तपाईले के विचार गर्न जरुरी छ भने,तपाई प्यानमा दर्ता भएर भ्याटलाग्ने बस्तुको कारोबार गरीरहनुभएको छ भने बार्षिक विक्रि पचास लाख नाघ्नु हुदैन,अन्यथा तपाईमाथी कर कार्यालयले जरीवाना गर्न सक्दछ ।

तपाई भ्याट नलाग्ने बस्तु (जस्तै,धान गहुँ लगायतका बस्तु) को कारोबार गरीरहनुभएको छ भने,तपाईले जति रकमको पनि विल काट्न पाँउनुहुन्छ र कुल विक्रि बर्षभरीको जति पनि हुन सक्दछ ।
तर,सरकारी निकायले खरिद गर्दा,सार्वजनिक खरिद ऐन अनुसार बीसहजार सम्मको प्यान विलबाट खरिद गर्न पाउने व्यबस्था छ । केहि समय अघिसम्म यो रकम पाँच हजार मात्र थियो,त्यसैले सरकारी निकायले खरिद गर्दा ठुलो रकमको खरिदमा प्रत्येक विललाई विस हजार भन्दा कमको बनाएर ल्याउनु भनेका हुनसक्छ । त्यो मुल्य अभिवृद्धि कर ऐनको व्यबस्था अन्तर्गत रहेर भनिएको कुरा होईन ।
उदाहरणको लागि,यदि विल काट्ने विस हजारको सिमा हो भने,दुई तोला सुन (सुनमा भ्याट लाग्दैन) किन्दा पाँचवटा भन्दा बढि विल काट्नु पर्यो हैन? त्यस्तो कतै देख्नु भएको छ र? पक्कै छैन । त्यस्तो प्यान विलको सिमा तोकिएको व्यबस्था करमा कहि नभएकाले,तपाईले प्यान विल काट्नलाई सिमाको कुनै रोकटोक छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: