×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

क्रान्तिकारी पत्रकार संगठनले बैशाख १५ र १६ गते राष्ट्रिय सम्मेलन गर्दै

काठमाडौं – जनपक्षीय पत्रकारिताका लागि संघर्ष गरिरहेको क्रान्तिकारी पत्रकार संगठन, नेपालले बैशाख १५ र १६ गते राष्ट्रिय सम्मेलन गर्ने भएको छ । काठमाडौंमा शुक्रबार सम्पन्न भएको संगठनको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो ।
तीन वर्षअघि हेटौडामा प्रथम राष्ट्रिय सम्मेलन गरेको संगठनले दोस्रो राष्ट्रिय सम्मेलनका लागि निर्णयहरु गरेको छ । सम्मेलनलाई जनपक्षीय पत्रकारिताको विकासका लागि बहसमूलक बनाउने संगठनका अध्यक्ष प्रभात चलाउनेले बताएका छन । उनले श्रमजीवी पत्रकारहरुको हित प्रवद्र्धन गर्ने विभिन्न मुद्दाहरुका साथै प्रेस, अभिव्यक्ति र विचार स्वतन्त्रताको पक्षमा ठूलो बहस अन्तरक्रियात्मक कार्यक्रम गर्दै सम्मेलन गर्ने बताए । त्यसका लागि संगठनले राजधानीसहित देशका विभिन्न भागमा उच्च स्तरका अन्तरक्रिया कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।
त्यसैगरी संगठनले जनपक्षीय मिडियालाई व्यवस्थित गर्न र तिनको बृति विकासलाई ध्यानमा राख्दै उच्च प्रविधिसहितकोसूचना संकलन गर्ने र न्यूज कन्टेन्ट उत्पादन गर्ने व्यवस्थित कम्युनिस्ट न्यूज सेन्टरको स्थापना गर्ने निर्णय गरेको छ ।
हाल कान्तिपुर दैनिकमा आन्दोलन गरिरहेको संगठनले ठूला मिडिया हाउसमा पत्रकार र कर्मचारी मजदुरमाथि भइरहेको शोषणका विरुद्ध संघर्ष सञ्चालन गर्ने निर्णय पनि गरेको छ । सञ्चार माध्यममा श्रमजीवी पत्रकार ऐनको पूर्ण रुपमा कार्यान्वयन गराउन दवाव दिने र ऐन कार्यान्वयन गर्न नमान्नेमाथि कारवाही गराउन पनि संघर्ष गर्ने संगठनले जनाएको छ ।
त्यसैगरी संगठनले जनताको हित गर्ने र जनपक्षीय मिडियाको संरक्षण तथा विकास गर्ने मिडिया नीति निर्माण हुन नसकेको ठहर गर्दै अन्तराष्ट्रिय अभ्यासको समेत अध्ययन गरी व्यवस्थित मिडिया नीति निर्माण गर्ने जनाएको छ । त्यसका लागि सबै सरोकारवालाहरुसँग छलफल गर्ने पनि संगठनले जनाएको छ ।
मिडियामा पनि केही भ्रष्ट, दलाल र जासुसी प्रवृति रहेको बताउँदै तिनका विरुद्ध पनि संगठनले अध्ययन गरी तिनको भण्डाफोर गर्ने निर्णय पनि संगठनले गरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: