×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काण्ड नै काण्डमा फसेको शिवम् सिमेन्ट किर्ते काण्डमा समेत तानिँदै : चुन ढुंगा उत्खनन् गर्न नक्कली लाईसेन्स !

काठमाडौं – किर्ते कागजात तयार पारी एक भारतीय गिरोहले करोडौं रूपैंया हात पार्न खोजेको रहस्य खुलेको छ ।  सेन्चुरी सिमेन्टका सञ्चालकको योजनामा भारतीय अनिल गुप्ता, अर्चित गुप्ता र सेन्चुरी सिमेन्टले करोडौं रूपैंया कुम्ल्याउन दुश्प्रयास गरिरहेका छन् ।  
सेन्चुरी सिमेन्ट अहिले बजारमा चलेको शिवम् सिमेन्टकै सञ्चालकहरूले दर्ता गरेको कम्पनी हो । यसको उत्पादन भने सुरू भएको छैन । उत्पादन सुरू गर्न यो कम्पनीले जाली कागजात तयार पारेर चुनढुंगा उत्खनन्को लाईसेन्स गत ९ माघमा हाता पारेको छ ।
यो हात पार्न सेन्चुरी सिमेन्टका सञ्चालकले गुप्ताद्वयलाई प्रयोग गरेको खुलासा समेत अहिले भएको छ । गुप्ताद्वय ललितपुर माल्टा गाउँपालिका–१ स्थित काशिनाथ उपाध्यायको नाउँमा दर्ता कायम रहेको कित्ता नम्बर ४५ को १० रोपनी ६ अना २ पैसा र कित्ता नम्बर ४६ को ५ रोपनी १५ अना २ पैसा जग्गाको किर्ते मन्जुरीनामा बनाई उत्खनन्को लाईसेन्स लिन सफल भएका थिए ।  
तत्कालिन समयमा जग्गा धनी रहेका उपाध्यायले आफ्नो किर्ते मन्जुरीनामा तयार पारेर लक्ष्मी सिमेन्टले उत्खनन्को लाईसेन्स लिएको भन्दै खानी तथा भूगर्भ विभाग लैनचौरमा उजुरी दिएपछि गुप्ताद्वयको चरित्र उदांगिएको हो । केही दिन अगाडी गुप्ताद्वयको नाम लिदै केही अज्ञात व्यक्ति जग्गामा चुनढुंगा उत्खनन् सुरू गर्छ भन्दै पुगेपछि उपाध्यायले कुनै मन्जुरीनामा नदिएको भन्दै विभागमा सोमवार उजुरी दर्ता गराएका हुन् । 
केही समय अगाडी लक्ष्मी सिमेन्ट उद्योगमा हामीले लगानी गरेका छौ, भन्दै गुप्ताद्वयले सिमेन्ट उत्पादन गर्न चुनढुंगावाला खानी सञ्चालन गर्न प¥यो भन्दै प्रस्तावसम्म राखेको तर आफूले अस्विकार नगरेको उपाध्यायले बताएका छन् । आफूले नमाने पछि गिरोहले नक्कली मन्जुरीनामा बनाएर चुनढुंगा उत्खनन् गर्ने लाईसेन्स हात पारेको उनले बताएका छन् । उपाध्यायले यो किर्ते काण्ड र हचुवाको भरमा चुनढुंगा उत्खनन्को लाईसेन्स दिलाउन खानी विभागका कर्माचारीको समेत हात रहेको दाबी गर्दै कर्माचारी माथि पनि अनुसन्धान गर्नुपर्ने माग राख्दै विभागमा उजुरी दिएका छन् । जनप्रहार साप्ताहिकमा खबर छ । 
यो छुटाउनु भयो कि ?
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: