×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नयाँ सहकारी ऐन र सहकारीलाई लाग्ने करका व्यवस्था बारेको प्रशिक्षण सम्पन्न

  • अर्थ सरोकार सम्बाददाता 
ईटहरी – नयाँ सहकारी ऐन, २०७४ तथा सहकारी संस्थातथा संघहरुलाई लाग्ने करकाव्यबस्थाबारेको एकदिने प्रशिक्षण कार्यक्रम ईटहरीमा सम्पन्न भएको छ । बचत तथा ऋण सहकारी संघ, सुनसरीको आयोजनमा सम्पन्नभएको सो कार्यक्रममा विभिन्न सहकारी संस्थातथा संघमा आवद्ध १२५ जनाभन्दा बढि सहभागीको सहभागिता रहेको थियो ।
हालैबाट लागु भएको सहकारी ऐन, २०७४ काव्यवस्थाबारे धेरै कममात्र सहकारीकर्मीलाई थाहा भएको तथा सहकारीलाई लाग्ने करका व्यवस्था सहकारी संस्थाले बुझ्न कठिनाई भएको र पुर्ण रुपमा लेखापरिक्षकमा भर पर्नुपर्ने अवस्था रहेकाले यस्तो कार्यक्रम आयोजना गर्नुपरेको आयोजक संस्थाले जनाएको छ । सो कार्यक्रमको प्रशिक्षक सिए. शेषमणि दाहाल रहेका थिए ।
सो कार्यक्रममा, पुरानो सहकारी ऐनले गरेको व्यबस्था र नयाँ सहकारी ऐनले गरेको व्यवस्थाबारे तुलनात्मक समिक्षा, नयाँ ऐनकानयाँव्यबस्थातथात्यसले सहकारी संस्थालाई पर्ने असर र बच्नका लागि चाल्नुपर्ने कदमका बारेमा प्रशिक्षण दिईएको थियो । त्यस्तै, आयकर ऐन तर्फ सहकारी संस्थालाई लाग्ने करका दर, सहुलियत तथा छुटका बारेमा पनि प्रशिक्षण दिईएको थियो ।
त्यस्तै सहकारी संस्थालाई लाग्ने करका दरका सम्बन्धमा, सहकारी ऐन र आयकर ऐन एक आपसमाबाझिएको अवस्थामा करको लागि सहकारी संस्थाले कुन व्यबस्था प्रयोग गर्ने भन्ने मानिविस्तृत रुपमा छलफल गरीएको थियो । कार्यक्रम समापन पछि, सहभागीले कार्यक्रमएकदमै उत्कृष्ठ भएको र यो कार्यक्रमले सहकारी ऐन र आयकर सम्बन्धि कुराहरुमा हाम्रा आँखा खोलिदिएको बताएका थिए । यस्तो कार्यक्रम सुनसरीमा मात्र नभई देशैभर सञ्चालन गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: